बैंकिङ कसुर र वैदेशिक रोजगार ठगीः फरार दुई व्यक्ति पक्राउ
सारांश
- प्रहरीले वैदेशिक रोजगार र बैंकिङ कसुरमा संलग्न दुई जनालाई पक्राउ गर्यो।
- पक्राउ पर्नेमा नुवाकोटकी पुन्यवती जोशी र काभ्रेका पूर्णबहादुर वाइबा छन्।
- जोशीलाई अदालत र वाइबालाई थप अनुसन्धानका लागि विभाग पठाइयो।
काठमाडौँ । नेपाल प्रहरीले मंगलबार दुई छुट्टाछुट्टै ठाउँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरका ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकजनालाई चन्द्रागिरि नगरपालिकाबाट र अर्कालाई कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका–७ हसनटार बस्ने नुवाकोट विदुर नगरपालिका–३ घर भएका ३८ वर्षीया पुन्यवती जोशीलाई आज पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीले जानकारी दिए ।
उनका अनुसार उनीमाथिको उच्च अदालत पाटन ललितपुरको २०८० वैशाख १० गतेको फैसलाले उक्त मुद्दामा रु पाँच लाख जरिवाना रु २० हजार पीडित राहत कोषमा जम्मा गराउने फैसला भएको थियो ।
यस्तै उनलाई दुईदिन कैद सजाय ठहर भए पछि फरार हुँदै आएकामा मंगलबार टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका–७ हसनटारबाटै उनलाई पक्राउ गरेको हो ।
यस्तै वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जर्जिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने काभ्रे महाभारत गाउँपालिका–६ घर भएका ५२ वर्षीय पूर्णबहादुर वाइबालाई पनि आजै प्रहरीले पक्राउ गरेको छ ।
सूचना अधिकारी कार्कीले उनलाई पनि आजै काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–६ बाट पक्राउ गरेको बताए । पूर्णबहादुरले जर्जिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट रु छ लाख ५० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा कार्यालयको टोलीले पक्राउ गरेको हो ।
मंगलबार नै जोशीलाई फैसला कार्यान्वयनका लागि अदालत पठाइएको र वाइबालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौँ पठाइएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण