एथलेटिक्स टोली चीन प्रस्थान
बुधबार, २१ माघ २०८२, १० : १५
काठमाडौँ । बाह्रौँ एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार चीनको तियाङजेन प्रस्थान गरेको छ ।
फ्रब्रुअरी ६ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४ सय र ८ सय मिटर दौडमा सोमबहादुर कुमाल, ६० मिटर दौड र लङजम्पमा सलिन देवान तथा मुकेश पालले १ हजार ५ सय र ३ हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन् ।
अफिसियलमा एथलेटिक्स संघका उपाध्यक्ष सन्तोषकुमार ढकाल तथा प्रशिक्षकमा एथलेटिक्सकी मुख्य प्रशिक्षक उषाकर्ण चौधरी छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबारै एक कार्यक्रमबिच बिदाइ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण