बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पोखरामा ‘रोयल इन्फिल्ड हन्टर ३५०’ सार्वजनिक, कति पर्छ मूल्य ?

बुधबार, २१ माघ २०८२, १५ : ४३
बुधबार, २१ माघ २०८२

पोखरा । रोयल इन्फिल्डको लोकप्रिय स्ट्रिट रोडस्टर ‘हन्टर ३५०’ पोखरामा सार्वजनिक गरिएको छ । काठमाडौँमा यसअघि नै लन्च भइसकेको यो मोटरसाइकल गण्डकी प्रदेशका ग्राहकका लागि लक्षित गर्दै पोखरामा भित्र्याइएको हो ।

पोखरास्थित आधिकारिक शोरुममार्फत मोटरसाइकलको टेस्ट–राइड र बुकिङ खुला भएको कम्पनीले जनाएको छ । यो मोटरसाइकलको २०२५ एडिसन पोखराको सहरी तथा पहाडी दुवै किसिमका सडकका लागि उपयुक्त हुने कम्पनीको दाबी छ ।

मोटरसाइकलमा ३४९ सीसीको जे–सिरिज इन्जिन प्रयोग गरिएको छ । राइडरको सहजताका लागि यसमा स्लिप असिस्ट क्लज, १६० एमएम ग्राउन्ड क्लियरेन्स, डुअल च्यानल एबीएस, एलइडी हेडल्याम्प छ भने सिट सुधारेर राखिएको छ । सँगै ट्रिप नेभिगेटर जस्ता आधुनिक सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडल रोजिसकेका छन् । पोखराका लागि हन्टर ३५० को दुई भेरियन्टको मूल्य तोकिएको छ । हन्टर ३५० डुअल टोनका लागि ४ लाख ९९ हजार ९ सय र सिंगल टोनका लागि ४ लाख ९४ हजार ५ सय तोकिएको छ ।

रोयल इन्फिल्डका निर्देशक मेघराज पौडेलले पोखरा जस्तो पर्यटकीय र साहसिक सहरका लागि हन्टर ३५० अत्यन्त उपयुक्त मोडल भएको दाबी गरे ।

 ‘यहाँको सहरी जीवनशैली र पहाडी सडक दुवैमा यसले सहज र रमाइलो राइडिङ अनुभव दिनेमा हामी विश्वस्त छौँ,’ उनले भने, ‘गण्डकी प्रदेशका राइडरहरूसँग अझ नजिकिन पाउँदा हामी उत्साहित छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप