निष्पक्ष र निर्भिक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई निर्देशन
सारांश
- गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्यो।
- मन्त्रालयले आचारसंहिता उल्लंघनका घटना रोक्न र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
- केन्द्रीय कमाण्ड पोस्ट गठन गरी निर्वाचनलाई स्वच्छ बनाउने तयारी गरिएको छ।
काठमाडौँ । गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न परिपत्र जारी गरेको छ ।
निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना हुन नदिन आवश्यक कार्य गर्न र सो सम्बन्धमा गरिएका कार्यहरुको प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा उपलब्ध गराउन निर्देशन जारी गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो ।
मन्त्रालयले सचिवको संयोजकत्वमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीयरुपमा सम्पन्न गर्न केन्द्रीय कमाण्ड पोस्ट समेत गठन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण