शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
टी–२० विश्वकप अभ्यास खेल

नेपालसामु जितका लागि १ सय ६२ रनको लक्ष्य

बिहीबार, २२ माघ २०८२, १४ : ५३
बिहीबार, २२ माघ २०८२

चेन्नई । टी–२० विश्वकपको दोस्रो अभ्यास खेलमा क्यानडाले नेपालसामु जितका लागि १ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको हो ।

टोलीको सुरुवात भने राम्रो हुन सकेन । चौथो ओभरमा युवराज शमरा १५ बलमा ७ रन बनाउँदै सोमपाल कामीको शिकार बने । त्यसपछि नवनित धलिवाल र कनवरपाल ताथगुरले क्यानडाको पारी सम्हाले ।

628299630_1363500285806348_4334366817063595576_n

नवनितले ३६ बलको सामना गर्दै ४१ रन जोडे । उनले १ चौका र ३ छक्का हिर्काए ।  कनवरपालले २४ बलमा २  चौका र १ छक्का हिर्काए । निकोलस किर्तनलाई १० रनमा कुशल भुर्तेलले आउट गरे भने हर्ष थाकेर पनि ८ रन बनाउँदै पभेलियन फर्किए । 

628327753_1363500289139681_3282702814521575422_n

खेलको अन्त्यतिर विकेटकिपर श्रेयस मोभाले आक्रमक पारी खेले । उनले मात्र १९ बलमा ३८ रन जोडे । यसक्रममा मोभाले २ चौका र ३ छक्का प्रहार गरे । उनलाई जसकरन सिंहले ११ बलमा २१ रन बनाउँदै राम्रो साथ दिए । उनले ३ छक्का प्रहार गरे ।

नेपालका लागि सन्दीप लामिछानेले किफायती बलिङ गर्दै मात्र ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । भुर्तेलले ३ ओभरमा २६ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै, सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए ।

यसअघि, चेन्नईमा नै भएको पहिलो अभ्यास खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप