फ्राईडे रिलिज : 'कुमारी' भर्सेज 'रमिताको पिरती'
काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आज (शुक्रबार)बाट दुई नयाँ नेपाली फिल्महरू ‘कुमारी’ र ‘रमिताको पिरती’ प्रदर्शनमा आए । दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो । यद्यपि देशभरका फिल्म सिनेमा घर यी दुबै फिल्मले कब्जा जमाउन भने पाएको छैन । किनभने यसअघि प्रदर्शनमा आएको ‘आ बाट आमा’, ‘परान’ केही विदेशी फिल्मले केही स्टेशन भने ओगटेका छन् । ‘कुमारी’ दिनेश राउत निर्देशित फिल्म हो भने ‘रमिताको पिरती’लाई महिला निर्देशक सुदीप्ता अधिकारीले निर्देशन गरेकी हुन् ।
युवा–युवतीको प्रेम कथामा आधारित फिल्म ‘कुमारी’ ले देशभरका हलहरूमा १ सय ५२ शोज पाउँदै सुखद सुरुवात गरेको छ । यो फिल्म नेपालसँगै अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूमा पनि प्रदर्शनमा आउनेछ । निर्माता महेन्द्र अधिकारीका अनुसार अस्ट्रेलियाका लागि असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकाका लागि आत्रेय प्रोडक्सन र कोसेली कोलोराडो, क्यानडाका लागि मेरो इभेन्ट्स र मध्यपूर्वका लागि नेपफिल्मले प्रदर्शन अधिकार खरिद गरेका छन् ।
विनिष इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मबाट अभिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन् । फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की लगायतको अभिनय छ । विकास सुवेदीको लेखन र सुसन प्रजापतिको छायाङ्कन रहेको यो फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन् ।
त्यस्तै ‘रमिताको पिरती’ ब्रेकअपको कथामा बनेको हो । फिल्मले देशभर ९३ शोजकासाथ आफ्नो प्रदर्शन यात्रा सुरु गरेको छ । फिल्मको ब्यवसाय राम्रो भए शोज थपिदै जानेछ । अभिनेत्री आना शर्मा मुख्य भूमिकामा रहेको यस फिल्मले विशेष गरी युवापुस्तामा देखिने प्रेम, धोका र ब्रेकअपपछिको मानसिक अवस्थालाई महिलाको दृष्टिकोणबाट प्रस्तुत गरेको छ ।
निर्देशक सुदीप्ताले फिल्म केबल लभस्टोरी मात्र नभई ब्रेकअपको कथा भएको बताउँछिन् । नेपालमा पुरुषको तर्फबाट धेरै प्रेम कथाहरू बनेका छन्, तर मैले महिलाले ब्रेकअपपछि भोग्ने पीडा र भोगाइलाई पर्दामा यो फिल्मले उतारेको छ ।
आना शर्माका साथै विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङ लगायतको अभिनय फिल्ममा छ । सागर लम्साल निर्माता रहेको फिल्ममा आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माताका रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण