विश्वप्रकाशको व्यंग्यः करारमा कर्मचारी नियुक्ति सुनेको थिएँ, रास्वपाले प्रधानमन्त्री नै करारमा ल्याउन खोज्यो
काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै व्यंग्य गरेका छन् ।
शुक्रबार ललितपुरमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले रास्वपा लक्षित व्यंग्य गरेका हुन् । मुलुकको प्रधानमन्त्री बन्ने कुरा चानचुने कर्मचारी नियुक्त गरेजस्तो नहुने भन्दै शर्माले त्यसको लागि राजनीतिक जग बलियो हुनुपर्ने टिप्पणी गरे।
उनले २३ र २४ भदौको जेनजी आन्दोलनपनि नेपाली कांग्रेस बाहेक कुनैपनि दल सुदृढ भएर जनतामाझ जान नसकेको टिप्पणी पनि गरे। उनले एमालले जेन-जी आन्दोलनपछि पार्टी विधान संशोधन गरेर दुई पटक अध्यक्ष भइसकेपछि अवकाश हुनुपर्ने प्रावधान हटाएर तीन पटक पनि अध्यक्ष हुन पाउने व्यवस्था गरेको टिप्पणी गरे ।
विभिन्न दलहरुप्रति कटाक्ष गर्दै उनले परिवर्तनको दाबी गरेका कतिपय दलहरु अहिलेपनि जनताको भावनाअनुसार चल्न नसकेको बताए । नेपाली कांग्रेसले भने नेतृत्व पुस्तान्तरणमार्फत पार्टीको नीति समेत परिवर्तन उल्लेख गरे।
कांग्रेसले ८० वर्षभन्दा माथिको नेतृत्वबाट ५० वर्षमुनिका युवाको नेतृत्वमा देशका समस्याको गहिरो विश्लेषण गरेर अघि अघि बढेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण