बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण

शुक्रबार, २३ माघ २०८२, २२ : ४०
शुक्रबार, २३ माघ २०८२

सारांश

  • नेपाल प्रहरीलाई सर्लाही, बाँके र कपिलवस्तुमा नवनिर्मित भवन हस्तान्तरण गरियो।
  • भवन निर्माण बेलायतको आर्थिक सहयोगमा सेक्युरिटी र जष्टिस कार्यक्रमअन्तर्गत भएको हो।
  • नवनिर्मित भवनले प्रहरी कर्मचारीको मनोबल बढाउने र सेवाको गुणस्तर वृद्धि गर्ने विश्वास छ।

काठमाडौँ । तीन दिनमै नेपाल प्रहरीका नवनिर्मित तीन वटा भवन हस्तान्तरण गरिएको छ । सर्लाही, बाँके र कपिलवस्तुकाका भवन निर्माण गरी हस्तान्तरण गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब उपरीक्षक अविनारायण काफ्लेले ती भवनहरू ‘फरेन कमन वेल्थ एण्ड डेभलभमेन्ट अफिस’ बेलायतको आर्थिक सहयोगमा सेक्युरिटी र जष्टिस कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भएको हो ।

उक्त परियोजनाअन्तर्गत हालसम्म चार वटा भवन निर्माण भइसकेको र ११ वटा भवनहरू निर्माणको क्रममा रहेका उनले बताए । विगत लामो समयदेखि बेलायत सरकारले नेपाल प्रहरीको क्षमता विकास, पूर्वाधार विकास, प्रशिक्षण र समुदायसँगको समन्वय र सहकार्य बढाउनको लागि विभिन्न परियोजनामार्फत महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

हस्तान्तरण गरिएका भवनमा इलाका प्रहरी कार्यालय बरहथवा सर्लाहीको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर बाँके र वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय रहेका छन् ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समयानुकूल आधुनिक एवं प्रविधिमैत्री भवन निर्माण भएको र नवनिर्मित भवनले कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि हुनुका साथै यसबाट प्रवाह हुने सेवाको गुणस्तर वृद्धि हुने बताए ।

नवनिर्मित भवनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको गुनासो एवं समस्या सम्बोधन गर्न सक्षम हुने, प्रहरीको सेवा प्राप्तिमा सहज, सुरक्षित र सम्मानजनक पहुँच स्थापित गर्ने तथा परामर्श लिन सक्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप