आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाको फिर्तीबारे मे महिनामा हुने वार्षिक सभाले निर्णय गर्ने: डब्ल्युएचओ

शुक्रबार, २३ माघ २०८२, २३ : १४
शुक्रबार, २३ माघ २०८२

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को कार्यकारी बोर्डले शुक्रबार संयुक्त राज्य अमेरिकाले डब्ल्युएचओबाट फिर्ता हुने घोषणालाई बेवास्ता गरेको छ।

डब्ल्यूएचओको कुनै पनि बिषयमा अन्तिम निर्णय दिने कार्यकारी बोर्डले अमेरिका र अर्जेन्टिनाले सङ्गठनबाट बाहिरिने निर्णयलाई अनुमोदन गर्ने वा नगर्ने मेमा सदस्य राष्ट्रहरूको वार्षिक बैठकलाई सुझाव दिने अपेक्षा गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ को जनवरीमा आफ्नो कार्यकालको पहिलो दिनमै डब्लुएचओलाई एक वर्षका लागि फिर्ता हुने सूचना बुझाएका थिए । अर्जेन्टिनाले पनि यसको मार्चमा अनुसरण गरेको थियो ।

निकायका ३४ बोर्ड सदस्यहरूमध्ये केवल अमेरिकी सहयोगी इजरायलले वाशिङ्गटनको फिर्तीको बारेमा पक्षमा अडान लिएको थियो तर यसबारे जेनेभामा डब्ल्यूएचओको मुख्यालयमा शुक्रबार भएको बोर्डको पछिल्लो बैठकमा कुनै निर्णय गरिएन ।

जेनेभास्थित इजरायली राजदूत ड्यानियल मेरोनले भने, “अमेरिकाको फिर्ती जनवरी २२ देखि लागू हुनेछ ।”

मेरोनले तर्क गरे, “सदस्य राष्ट्रहरूलाई उनीहरूको राष्ट्रिय निर्णयहरूको विरुद्ध निर्णय लिन बाध्य पार्ने कुनै पनि प्रयास उनीहरूको सार्वभौम अधिकारको हनन हो। डब्ल्यूएचओको कुनै पनि फोरममा यस विषयमा थप छलफल गर्ने कुनै वैध कारण छैन।”

बोर्डमा नरहेको चीनले धेरै बोर्ड सदस्यहरूले यस मुद्दामा ‘मौन बस्ने’ निर्णय गरेकोमा आश्चर्य व्यक्त गर्यो ।

“म विश्वास गर्न सक्छु कि हामी अहिले इतिहास देखिरहेका छौँ,” डब्ल्युएचओका लागि बेइजिङका प्रतिनिधिले भने ।

प्रमुख देशहरूले उदाहरणद्वारा नेतृत्व गर्नुपर्दछ र ‘डब्ल्यूएचओलाई यो उपयुक्त हुन्छ भनेर प्रयोग गरिने निर्णयको रूपमा व्यवहार गर्नु हुँदैन’ र जब उदाहरणीय नेतृत्व सम्भव हुँदैन भने यसलाई त्याग्नु पर्छ।

उनले भने, “सदस्यहरू आफ्नो इच्छाअनुसार प्रवेश गर्न र बाहिर निस्कन पाउँदैनन् ।”

विश्व स्वास्थ्य सङ्गठनको विधानमा फिर्ता हुने दफा समावेश छैन, तर संयुक्त राज्य अमेरिकाले एक वर्ष पहिले सूचना दिने र त्यस आर्थिक वर्षको लागि आफ्नो वित्तीय दायित्वहरू पूर्ण रूपमा पूरा गर्ने सर्तमा सन् १९४८ मा डब्ल्यूएचओमा सामेल भएपछि फिर्ता हुने अधिकार सुरक्षित राखेको थियो ।

सूचना अवधि अब समाप्त भएको छ तर वाशिङ्गटनले अझै पनि आफ्नो सन् २०२४ र सन् २०२५ को २६ करोड अमेरिकी डलर बक्यौता भुक्तान गरेको छैन ।

बाहिरिने घोषणा गर्नु पहिले संयुक्त राज्य अमेरिका परम्परागत रूपमा डब्ल्यूएचओको सबैभन्दा ठुलो दाता थियो, जसले सरकारहरूलाई स्वास्थ्य नीति निर्णय लिन मद्दत गर्न वैज्ञानिक प्रमाणको आधारमा प्राविधिक सल्लाह र मार्गदर्शन प्रदान गर्दछ।

अर्जेन्टिनाले नियमको ‘सम्मान’ गर्ने

डब्ल्यूएचओको निर्णय गर्ने निकाय कार्यकारी बोर्डले सदस्य राष्ट्रहरूको वार्षिक विश्व स्वास्थ्य सम्मेलनको एजेन्डा तय गर्दछ ।

अर्जेन्टिना र इजरायलले बोर्डमा एक मस्यौदा प्रस्ताव पेस गरेका छन्, जसमा सभाले ब्यूनस आयर्सको फिर्तीलाई अनुमोदन गर्न सिफारिस गरिएको छ।

केही देशहरूले अर्जेन्टिनाको निर्णयमा खेद व्यक्त गरे पनि मस्यौदा कुनै आपत्ति बिना पारित गरिएको थियो ।

“हामी एक्लो हुने छैनौँ”, अर्जेन्टिनाका राजदूत कार्लोस मारियो फोराडोरीले भने, यो सङ्गठन छोड्नु भनेको संसार छाड्नु नै होइन।”

उनले अगाडि भने, “हामी सबै नियमको सम्मान गरिरहनेछौँ ।”

“विपत्तिले सीमालाई चिन्दैन र विश्वको हितमा हुने नियमको हामी सम्मान गर्नेछौँ,” उनले भने ।

गत जनवरीमा अमेरिकी विदेश मन्त्री मार्को रुबिओ र अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले डब्लुएचओले अमेरिकाका लागि गरेका सबै कामलाई बदनाम र फोहोर बनाएको दाबी गरेका थिए ।

“यसको ठिक उल्टो सत्य हो,” डब्लुएचओले अमेरिकी अधिकारीको भनाइलाई खण्डन गर्दै भनेको छ।

विश्व स्वास्थ्य सङ्गठनको मुख्यालयबाहिर राखिएको अमेरिकी झन्डा हटाइएको छ ।

जेनेभास्थित अमेरिकी मिसनले गत महिना उक्त झन्डा कोभिड–१९ महामारीका क्रममा ज्यान गुमाएका अमेरिकीप्रति समर्पित रहेको र अमेरिका सङ्गठनबाट फिर्ता हुने क्रममा रहेको बताएको थियो ।

गत जनवरीमा डब्ल्युएचओले वाशिङटनको फिर्ता हुने निर्णय अमेरिका र बाँकी विश्वका लागि खतरनाक भएको बताएको थियो ।

“खासगरी स्वास्थ्य सुरक्षाका मुद्दाहरू जस्तै महामारीसँग जुध्न डब्लुएचओमार्फत धेरै काम गरिन्छ, जसले अमेरिकालाई फाइदा पुर्‍ याउँछ,” विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप