कोल पाल्मरको कीर्तिमानी ह्याट्रिक
सारांश
- कोल पाल्मरको ह्याट्रिकको मद्दतले चेल्सीले वुल्भ्सलाई पराजित गर्दै अपराजित यात्रा कायम राख्यो।
- पाल्मरले दुई पेनाल्टी र एक गोल गर्दै पहिलो हाफमै ह्याट्रिक पूरा गरे, र इतिहास रचे।
- चेल्सीले लगातार चौथो जित दर्ता गर्दै तालिकाको पाँचौँ स्थानमा रह्यो, शीर्ष चारको लागि प्रतिस्पर्धा कायम राख्दै।
लण्डन । युवा स्टार कोल पाल्मरको ऐतिहासिक ह्याट्रिकको मद्दतले चेल्सीले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। लिगको पुछारमा रहेको वुल्भ्सको घरेलु मैदानमा शनिबार भएको खेलमा प्रशिक्षक लियाम रोजेनियरको टोलीले घरेलु टोलीलाई स्तब्ध पार्यो।
यस सिजन सुरुवाती खेलहरूमा खासै जम्न नसकेका पाल्मरले पहिलो हाफमै तीन गोल गर्दै खेललाई पूर्ण रूपमा चेल्सीको नियन्त्रणमा राखे। पाल्मरले आफ्ना सुरुवाती दुई गोल पेनाल्टीमार्फत गरेका थिए।
जोआओ पेड्रोमाथि डिब्बाभित्र फल भएपछि प्राप्त दुवै अवसरलाई पाल्मरले सहजै गोलमा परिणत गरे। पहिलो पेनाल्टीमा बललाई नेटको तल्लो कुनामा पठाएका उनले दोस्रोमा भने गोलकिपरलाई विपरित दिशामा पठाउँदै जाली चुमाएका थिए।
खेलको ३८औँ मिनेटमा मार्क कुकुरेलाको पासलाई सदुपयोग गर्दै पाल्मरले आफ्नो ह्याट्रिक पूरा गरे। यो ह्याट्रिकसँगै पाल्मर प्रिमियर लिग इतिहासमा पहिलो हाफमै तीन पटक ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दै इतिहास रच्न सफल भएका छन्।
दोस्रो हाफमा उल्भ्सले केही सुधारिएको प्रदर्शन गर्दै माटेउस मानेको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने टोलु अरोकोडारेले कर्नरमार्फत एक गोल फर्काएका थिए। यद्यपि, चेल्सीको बलियो रक्षापंक्तिलाई थप तोड्न उल्भ्स असफल रह्यो।
रोजेनियरको नेतृत्वमा लगातार चौथो जित हात पारेको चेल्सी तालिकाको पाँचौँ स्थानमा यथावत छ। यो जितसँगै चेल्सीले चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको दूरी मात्र एक अंकमा झार्दै शीर्ष चारको होडलाई झन् रोमाञ्चक बनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण