बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राईस मिललाई ५० हजार ५०० बराबरको जरिवाना

सोमबार, २६ माघ २०८२, ०६ : ५६
सोमबार, २६ माघ २०८२

सारांश

  • वाणिज्य विभागले बजार अनुगमनको क्रममा एक फर्मलाई ५० हजार ५०० जरिवाना गरेको छ।
  • उपभोक्ता संरक्षण ऐनअनुसार राजेन्द्र राईस मिललाई कारबाही गरिएको हो।
  • स्वस्तिक नेपाल ट्रेडिङ प्रालिलाई कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

काठमाडौँ । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५० हजार ५०० बराबरको जरिवाना गरेको छ ।

स्थलगत अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले राजेन्द्र राईस मिललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कारवाही गरेको हो ।

यस्तै, स्वस्तिक नेपाल ट्रेडिङ प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले आइतबार कूल काठमाडौँ, ललितपुरका विभिन्न २१ फर्ममा अनुगमन गरेको थियो ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहकार्यमा विभागले स्थलगत अनुमगन गरेको हो । विभागले गरेको कूल फर्ममध्ये २० वटालाई भने सुधारात्मक निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप