भारत र पाकिस्तानबिचको खेलबारे अन्योल, अब निर्णय आईसीसीको हातमा !
सारांश
- टी-२० विश्वकपमा भारत र पाकिस्तानबीचको खेल अनिश्चित बनेको छ, पाकिस्तानले बहिष्कार गर्ने घोषणा गरेको छ।
- बंगलादेशलाई प्रतियोगिताबाट बाहिर राखेर स्कटल्याण्डलाई समावेश गरेपछि पाकिस्तान रुष्ट बनेको हो।
- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले निर्णय गर्ने र सोहीअनुसार बीसीसीआई अघि बढ्नेछ।
काठमाडौँ । टी–२० विश्वकपको तालिकाअनुसार फेब्रुअरी १५ मा भारत र पाकिस्तानबीच हुने भनिएको बहुप्रतिक्षित खेललाई लिएर अन्योल बढेको छ।
पाकिस्तानले भारतविरुद्धको खेल बहिष्कार गर्ने घोषणा गरेपछि यसबारे अन्योलता पैदा भएको हो । यहीबिचमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले यो विषय अब पूर्ण रूपमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को हातमा रहेको बताएका छन्।
उनले भने, 'यस विषयमा बीसीसीआईको तर्फबाट कुनै आधिकारिक टिप्पणी छैन। हामीले सबै कुरा आईसीसीमाथि छाडेका छौँ। आईसीसीले जे निर्णय गर्छ, हामी त्यसलाई स्वीकार गर्नेछौँ।'
पाकिस्तानले बंगलादेशप्रति ऐक्यबद्धता जनाउँदै भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको जनाएको छ। यसअघि बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा आएर खेल्न इन्कार गरेको थियो र खेलको स्थान परिवर्तन गर्न माग गरेको थियो।
तर, आईसीसीले बंगलादेशको माग सम्बोधन गर्नुको साटो उसलाई प्रतियोगिताबाटै बाहिर राखेर स्कटल्याण्डलाई समावेश गरेपछि पाकिस्तान रुष्ट बनेको हो।
हाल यो गतिरोध सुल्झाउन कूटनीतिक प्रयासहरू भइरहेका छन्। पाकिस्तान क्रिकेट बोर्डका प्रमुख मोहसिन नक्वीले लाहोरमा बंगलादेश क्रिकेट बोर्डका अध्यक्षसँग भेटघाट गरेका छन्। साथै, आईसीसीका उपाध्यक्ष इमरान ख्वाजा पनि भारत र पाकिस्तानबीचको यो विवाद समाधान गरी खेल सुनिश्चित गर्न आइतबार लाहोर पुगेको बीबीसी हिन्दीमा समाचार छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण