एनआरएनए अध्यक्षमा शर्माको उम्मेदवारी
सारांश
- डा. हेमराज शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे।
- उनले संस्थालाई एकीकृत, प्रविधिमैत्री र राजनीतिमुक्त बनाउने प्रतिबद्धता जनाउँदै १३ बुँदे एजेन्डा सार्वजनिक गरे।
- डा. शर्माले आगामी निर्वाचनमा अनलाइन मतदान, एआई प्रविधि, र महिला सहभागिता सुनिश्चित गर्ने योजना अघि सारे।
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशनका लागि डा. हेमराज शर्माले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। आइतबार एक भर्चुअल कार्यक्रममार्फत हालका उपाध्यक्ष डा. शर्माले १३ बुँदे एजेन्डा सार्वजनिक गर्दै संस्थालाई एकीकृत, प्रविधिमैत्री र राजनीतिमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
बेलायतस्थित लिभरपुल विश्वविद्यालयका प्राध्यापक डा. शर्माले एनआरएनएको खस्किएको साख जोगाउन र दोस्रो पुस्तालाई नेपालसँग जोड्न नवीन दृष्टिकोणसहितको नेतृत्व आवश्यक रहेको बताए।
आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा हुने निर्वाचनका लागि डा. शर्माले सबै पञ्जीकृत सदस्यले अनलाइनमार्फत प्रत्यक्ष मतदान गर्न पाउने प्रणाली, एआई प्रविधिबाट सदस्यता प्रमाणीकरण र पेशागत तथा प्राज्ञिक परिषद्को गठन जस्ता योजना अघि सारेका छन्।
उनले वंशजको नागरिकताको निरन्तरता, विदेशबाटै मतदान गर्न पाउने अधिकार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सामाजिक सुरक्षाका लागि सरकारसँग सशक्त पैरवी गर्ने प्रतिवद्धता जनाएका छन्। उनको घोषणापत्रमा संस्थाको नेतृत्वमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने र एनआरएनए फाउण्डेसनमार्फत परोपकारी कार्यलाई दिगो बनाउने उल्लेख छ।
एनआरएनएको अध्यक्षमा यसअघि अर्का उपाध्यक्ष रोबिन शेरचनले उम्मेदवारी घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण