इटालीमाथि स्कटल्यान्डको सहज जित
काठमाडौँ । स्कटल्यान्डले आईसीसी टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा इटालीमाथि सहज जित निकालेको छ ।
सोमबार भएको खेलमा स्कटल्यान्डले इटालीमाथि ७३ रनको जित निकालेको हो । इडेन गार्डेन्समा स्कटल्यान्डले दिएको २०८ रनको लक्ष्य पछ्याएको इटालीले १६ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३४ रन बनायो ।
इटालीका लागि बेन मानेन्टीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले । ३१ बल खेलेमा उनले ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ह्यारी मानेन्टीले ३७ रन बनाउँदा जेजे स्मुथस्ले २२ रनको योगदान गरे ।
बलिङतर्फ स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक चार विकेटको दिए । चार ओभर बलिङ गरेका उनले १७ रन खर्चे ।
त्यस्तै मार्क वाटले दुई विकेट लिँदा ब्रान्ड कुरी, ओलिभर डेभिडसन र ब्रान्ड वेलले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्टकल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रन बनाएको थियो ।
स्कटल्यान्डका लागि जर्ज मुन्सेले सर्वाधिक ८४ रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले १३ चौका र २ छक्का प्रहार गरे । त्यस्तै ब्रान्डोन म्याक मुलेनले नट आउट ४१ रन बनाउँदा मिचेल जोन्सले ३७ रनको योगदान गरे ।
बलिङतर्फ इटालीका लागि अली हसन, ग्रान्ड स्वेटर, थोमस डार्क र जेजे स्मिथले एक एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै स्कटल्यान्ड प्रतियोगितामा आफ्नो सुपर आठको सम्भावना कायम राखेको छ । यता इटालीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रतियोगितामा दुई खेल खेलेको स्कटल्यान्डको दुई अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण