सुदूरपश्चिममा ‘नेकपा’ बन्यो ठुलो दल
सारांश
- सुदूरपश्चिम प्रदेशसभामा नेकपा माओवादी केन्द्र, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी एकीकरण भएर ठुलो दल बन्यो।
- खगराज भट्ट नेकपाको संसदीय दलको नेता चयन भए, जसमा १५ सांसदको उपस्थिति थियो।
- एकिकरणपछि नेकपा २१ सांसदसहित सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठूलो दल बनेको छ।
धनगढी । सुदूरपश्चिम प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सबैभन्दा ठुलो दल बनेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबिच एकीकरण भई गठन निर्माण भएको नेकपा प्रदेशसभामा ठुलो दल बन्न पुगेको हो ।
यी तीनै दलका प्रदेशसभा सदस्यहरूको संयुक्त बैठकले गरेको निर्णयलाई औपचारिक रूपमा प्रदेशसभा सचिवालयमा जानकारी गराइएको हो।
नयाँ गठित नेकपाको संसदीय दलको नेतामा खगराज भट्ट चयन भएका छन्। यसअघि माओवादी केन्द्रको संसदीय दलको नेतृत्व गरिरहेका भट्टको नेतृत्वमा १५ जना सांसदहरूको भौतिक उपस्थितिमा यो निर्णय गरिएको हो।
नेता भट्टका अनुसार निर्वाचनको व्यस्तताले उपस्थित हुन नसकेका अन्य सदस्यहरूले पनि पार्टी एकता र नेतृत्व चयनमा आफ्नो सहमति जनाइसकेका छन्।
दलको आन्तरिक संरचनालाई व्यवस्थित गर्न बैठकले विधान मस्यौदा कार्यदल पनि गठन गरेको छ। पाँच सदस्यीय उक्त कार्यदलमा रमेशसिंह धामी, ओमविक्रम भाट सरल’ खुसीराम डगौरा थारू, माया पन्त र इन्दिरा गिरी समेटिएका छन्।
यो एकीकरणसँगै २१ सांसदसहित नेकपा सुदूरपश्चिम प्रदेशसभाको सबैभन्दा ठुलो शक्ति बनेको छ। जसमा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७ र एकीकृत समाजवादीका ३ जना सदस्य समावेश छन्।
यसअघि पहिलो स्थानमा रहेको नेपाली कांग्रेस अब १८ सांसदसहित दोस्रो स्थानमा झरेको छ। त्यस्तै, एमालेका ११ र राप्रपाका १ सांसद रहेका छन् भने स्वतन्त्र सांसद तारा जोशीले डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचन लड्न राजीनामा दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण