नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२
चुरोट र सुर्तीको कुलतमा नेपाली पुरुष : १५ वर्ष नपुग्दै चुरोट तान्न सुरु
सोमबार, २६ माघ २०८२, १६ : ०५
सारांश
- राष्ट्रिय तथ्याङ्क कार्यालयको सर्वेक्षण अनुसार नेपालमा ४१.८ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थ सेवन गर्छन्।
- महिलामा यो दर ५.१ प्रतिशत मात्रै छ, जसले पुरुषको तुलनामा महिला कम लतमा रहेको देखाउँछ।
- सर्वेक्षणले १५ वर्ष नपुग्दै चुरोट सेवन गर्ने युवाहरूको संख्या पनि उजागर गरेको छ।
काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग गर्ने पुरुषहरूको संख्या निकै उच्च रहेको पाइएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको 'नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२' को प्रतिवेदन अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ४१.८ प्रतिशत पुरुषहरूले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन्।
सोही उमेर समूहका महिलाहरूको हकमा भने यो दर ५.१ प्रतिशत मात्रै रहेको छ। यो तथ्याङ्कले नेपाली समाजमा महिलाको तुलनामा पुरुषहरू सुर्तीको लतमा बढी फसेको देखाउँछ।
सर्वेक्षणले निकै कम उमेरमै चुरोटको लत सुरु हुने गरेको चिन्ताजनक तथ्य पनि बाहिर ल्याएको छ। तथ्याङ्क अनुसार ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षको उमेर नपुग्दै पहिलो पटक पूर्ण रूपमा एक खिल्ली चुरोट वा बिँडी सेवन गरिसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण