जिम्बाब्वेको विजयी सुरुवात, ओमान ८ विकेटले पराजित
सोमबार, २६ माघ २०८२, १८ : ३६
कोलम्बो । जिम्बाब्वेले टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ ।
सोमबारको दोस्रो खेलमा जिम्बाब्वेले ओमानलाई ८ विकेटले पराजित गरेको हो । यस जितसँगै जिम्बाब्वे ग्रुप 'बी' को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । श्रीलंका दोस्रो स्थानमा छ ।
कोलम्बोस्थित सिंहली स्पोर्ट्स क्लबमा भएको खेलमा जिम्बाब्वेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
ओमानले पहिले ब्याटिङ गर्दै १९.५ ओभरमा अलआउट हुनुअघि १०३ रन मात्र बनाउन सक्यो ।
१०४ रनको लक्ष्य जिम्बाब्वेले मात्र १३.३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्यो । जिम्बाब्वेका ओपनर ब्रायन बेनेटले ३६ बलमा ४८ रनको शानदार पारी खेले, जसमा ७ चौका समावेश थिए । ब्रेंडन टेलर ३१ रन बनाएर रिटायर्ड हर्ट भए भने तदिवानाशे मारुमनीले २१ रनको योगदान दिए ।
ओमानका लागि सुफियान टेलरले २ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण