अफगानमा गलैंचा उद्योगले १२ लाख मानिसलाई रोजगारी प्रदान गर्दै
काठमाडौँ । अफगानिस्तानमा गलैंचा उद्योग कृषि पछिको दोस्रो ठूलो क्षेत्र हो । जसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख मानिसहरूलाई रोजगारीको अवसर प्रदान गरी जीविकोपार्जन गर्न सक्षम बनाएको समाचारमा उल्लेख छ ।
अफगानिस्तानका गलैंचा उत्पादकहरूको प्रतिनिधित्व गर्ने युनियनका एक सदस्यले बताए । विगतमा गलैंचा उद्योग करिव पाँच देखि ६ वटा प्रान्तमा मात्र लोकप्रिय थियो । तर हाल अफगानिस्तानका लगभग सबै भागका मानिसहरू यस व्यवसायमा संलग्न छन् र परम्परागत उद्योगलाई जीवित र फस्टाउनका लागि गलैंचा बुनिरहेका छन् ।
मोहिबुल्लाह कोहीले सोमबार अफगानिस्तानको आधिकारिक रेडियो र टेलिभिजनलाई बताए । अफगानिस्तानका हातले बुनिएका गलैंचाहरू विश्वभर लोकप्रिय छन् । यद्यपि चार दशकभन्दा बढीको युद्ध र नागरिक अशान्तिले यस उद्योगलाई क्षति पु-याएको छ । तथापि यो परम्परागत उद्योग हालका वर्षहरूमा फस्टाउँदै गएको छ र चीन, युरोप, संयुक्त राज्य अमेरिका र अरब राष्ट्रहरू सहित विदेशमा बजारहरू खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण