बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पूर्व मुख्यमन्त्री शर्मालाई सांसद पदबाट हटाइएको पत्र संसद् सचिवालयलाई पठाइयाे

दलको सदस्यबाट समेत हटाइयाे
बुधबार, २८ माघ २०८२, १९ : ०६
बुधबार, २८ माघ २०८२

सारांश

  • पूर्व मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपाले सांसद पदबाट हटाएको छ।
  • पार्टीले शर्मालाई कारबाही गरेको पत्र संसद् सचिवालयमा पठाएको छ।
  • शर्मा नेकपा माओवादीबाट निर्वाचित भएका थिए र हाल लोप्राको प्रदेश इन्चार्ज छन्।

सुर्खेत । कर्णालीका पूर्व मुख्यमन्त्री समेत रहेका प्रदेश सांसद राजकुमार शर्मालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कारबाही गरेको छ ।

शर्मालाई सांसद पदबाट समेत हटाइएको पत्र संसद् सचिवालयलाई पठाइएको छ ।

नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बुधबार संसद् सचिवालयलाई पत्र लेख्दै प्रदेश सभा सदस्य नरहने गरी कारबाही गरिएको जानकारी गराएका हुन् ।

शर्मा ०७९ मा नेकपा माओवादीबाट प्रदेश सभामा निर्वाचित भएका थिए । पछिल्लो पटक उनी एकतामा सहभागी भएका थिएनन् ।

उनी हाल जनार्दन शर्माको नेतृत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (लोप्रा)को प्रदेश इन्चार्ज छन् । माओवादीमा छँदा दल नेता रहेका शर्माले केही समयअघि नै राजीनामा दिइसकेका थिए । 

1-patra

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप