वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य, आदिल राशिदको कीर्तिमान
मुम्बई । मुम्बईस्थित वाङखेडे स्टेडियममा जारी टी–२० विश्वकपअन्तर्गत १५औँ खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डसामु १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले बलिङ रोजेको इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रन बनायो ।
वेस्ट इन्डिजका लागि शेरफन रदरफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै ४२ बलमा अविजित ७६ रनको पारी खेले । उनले २ चौका र ७ छक्का प्रहार गरे। त्यस्तै, जेसन होल्डरले १७ बलमा ३३ रन जोडे भने रोस्टन चेजले ३४ रनको योगदान दिए।
इंग्ल्यान्डका आदिल राशिदले २ विकेट लिए । यससँगै उनी प्रतियोगितामा इंग्ल्यान्डका लागि सर्वाधिक विकेट लिने बलर बनेका छन् । साथै उनले टी–२० क्रिकेटमा ४०० विकेट पूरा गर्ने कीर्तिमानसमेत कायम गरेका छन् ।
यसअघि इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको थियो भने वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण