क्यानाडाली सामानमा लगाइएको कर विरुद्ध अमेरिकी संसदमा मतदान
बिहीबार, २९ माघ २०८२, १४ : ४२
अमेरिका । अमेरिकी संसद (हाउस अफ रिप्रेजेन्टेटिभ्स) ले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानाडाली सामानमा लगाइएको कर खारेज गर्ने पक्षमा मतदान गरेको छ । डेमोक्र्याटले प्रस्ताव गरेको मतदानमा ६ जना रिपब्लिकनसहित २१९ जना प्रतिनिधिबाट स्वीकृति प्राप्त भएको छ भने विपक्षमा २११ जना रहेका छन् ।
प्रस्ताव क्यानाडाली सामानहरूमा दण्डात्मक व्यापार उपायहरू राख्न ट्रम्पको प्रयासको विरुद्धमा भएको जनाइएको छ । संसदमा डेमोक्र्याटहरू २१४ सिटमा छन् भने रिपब्लिकनहरूको २१८ सीट रहेको छ ।
पछिल्लो समयमा सिनेटमा प्रस्ताव पारित हुने सम्भावना बढ्दै गएको छ, जसले पहिले दुई पटक मतदान गरी ट्रम्पलाई क्यानाडामा कर लगाउनबाट रोकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजबारे इरानको अडान कायमै, अमेरिकासँग प्रत्यक्ष वार्ता अस्वीकार
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण