मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपराध

६० लाख लुट प्रकरण : पूर्व हवल्दारसहित थप २ जना पक्राउ

बिहीबार, २९ माघ २०८२, १५ : ३२
बिहीबार, २९ माघ २०८२

सारांश

  • कीर्तिपुरमा ६० लाख रूपैयाँ लुटपाटमा पूर्व हवल्दार र एकजना अन्य पक्राउ परेका छन्।
  • सस्तो सुन दिने प्रलोभनमा पारी माघ १४ गते कीर्तिपुरमा लुटपाट भएको थियो।
  • लुटपाटको योजना पूर्व हवल्दार रमेशबहादुर बुढाले बनाएको अनुसन्धानबाट खुलेको छ।

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा ६० लाख रूपैयाँ नगद लुटेको आरोपमा प्रहरीले पूर्व हवल्दार सहित थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत घर भएका पूर्व प्रहरी हवल्दार रमेशबहादुर बुढा र इलाम घर भएका दीपक राई छन् ।

‘सस्तो दरमा बिल सहितका सुन दिन्छौं’ भनेर आरोपीहरुले पीडितलाई कीर्तिपुरमा बोलाएर माघ १४ मा ६० लाख लुटेका थिए । कीर्तिपुरस्थित एबीगाडो क्याफेमा भएको लुटपाटमा संलग्न थप दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रामेश्वर कार्कीले रातोपाटीलाई बताए ।

यसअघि विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत हवल्दार कर्णबहादुर सुनुवार सहित ४ जना पक्राउ परेका थिए । यसअघि हवल्दार सुनुवार, काभ्रेको रोशी गाउँपालिका–१० घर भएर सूर्यविनायक बस्ने २७ वर्षीय दीपक आले मगर, रसुवा घर भएका ३२ वर्षीय विक्रम तामाङ र नुवाकोटको ककनी गाउँपालिका घर भएका २८ वर्षीय जीवन तामाङ पक्राउ परेका हुन् ।

लुटको योजना पूर्व हवल्दार बुढाले बनाएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । बुढा यसअघि लागुऔषध (खैरो हेरोइन) मुद्दामा १० वर्ष जेल बसेर निस्केका थिए । २०६९ मा उनी जेल परेको सीआरएस रेकर्डमा देखिएको छ ।

लुटमा संलग्न दीपक राई पनि यसअघि चोरी मुद्दामा पक्राउ परेर अदालतमा मुद्दा खेपिरहेका अभियुक्त हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप