बाघको छाला तस्करीमा संलग्न चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय , तीन जनालाई सफाइ
सारांश
- उच्च अदालत पाटनले बाघको छाला तस्करीमा संलग्न चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय सदर गरेको छ।
- होटल म्यानेजर मा जिङ्गबिनलाई ५ वर्ष कैद र जरिवाना तथा अन्य तीन चिनियाँ नागरिकलाई सफाइ दिइएको छ।
- २०७८ असारमा काठमाडौंको एक होटलमा छापा मार्दा बाघको छाला, बुद्धचित्त, रुद्राक्ष लगायतका सामग्री बरामद भएका थिए।
काठमाडौँ । बाघको छाला तस्करीमा संलग्न एक चिनियाँ नागरिकलाई ५ वर्ष कैद सजाय सुनाउने जिल्ला अदालतको फैसला उच्च अदालत पाटनले सदर गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय राजुकुमार खतिवडा र दीपक खनालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला सदर गरेको हो ।
उच्च अदालत पाटनले होटल म्यानेजरको रूपमा कार्यरत चिनियाँ नागरिक मा जिङ्गबिन (MA, JINGBIN) लाई ५ वर्ष कैद र एक हजार रुपैयाँ क्षतिपूर्ति शुल्क तिर्नुपर्ने जिल्ला अदालतको निर्णयलाई सदर गरेको हो । सोही मुद्दामा आरोपित अन्य तीन चिनियाँ नागरिकहरू जाओ पेङचेङ, निउ युलियाङ र पेङ हुईलाई भने उच्च अदालतले सफाइ दिएको छ ।
२०७८ असार २१ गते राति काठमाडौँ महानगरपालिका–१७ ज्याठास्थित ‘जियाङहु केजान होटल’मा प्रहरीले छापा मारेको थियो । सो क्रममा २०१ नम्बर कोठामा जुवा खेलिरहेको अवस्थामा चार चिनियाँ नागरिक पक्राउ परेका थिए । होटलको २०३ नम्बर कोठा खानतलासी गर्दा टाउकोदेखि पुच्छरसम्म १० फिट लामो पाटेबाघको छाला फेला परेको थियो ।
यस्तै, होटलबाट बुद्धचित्त ९०० गेडा, २७ केजी रुद्राक्ष, कस्तुरीको बिना जस्तो देखिने २० टुक्रा र नगद ८ लाख ८९ हजार १५५ रुपैयाँसहित ठुलो परिमाणमा मोबाइल र एटिएम कार्डहरू समेत बरामद गरिएको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको परीक्षण प्रतिवेदनअनुसार बरामद गरिएको छाला (पाटेबाघ)को भएको र उक्त बाघ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (भाण्डार) मा सन् २०१५ देखि २०१७ सम्म क्यामेरा ट्रयापमा परेको 'CNP-FT54' नम्बरको बाघसँग मिलेको देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण