तनहुँमा निर्वाचनसम्बन्धी १६ उजुरी
तनहुँ । तनहुँ क्षेत्र नं १ राष्ट्रिय राजनीतिसँग जोडिएको प्रभावशाली मानिएको छ । निर्वाचन नजिकिँदै गर्दा अझ बढी प्रभाव बढ्दो क्रममा यो क्षेत्र परेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चर्चा भएकामध्ये तनहुँ क्षेत्र नं १ पनि बढी चर्चामा रहेको छ । यस क्षेत्रलाई जति जोखिम र सकस मानिए पनि यस पटकको निर्वाचनमा हालसम्म लिखित उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए।
“मौखिक उजुरी १६ वटा परेको छ, तर लिखित उजुरी हालसम्म परेको छैन”, उनले भने, “विशेषगरी टिसर्ट, ब्याच वितरण, डिजिटल बोर्डमार्फत चुनावी प्रचारप्रसार भएको मौखिक उजुरी परेको छ, भने लिखित परेको छैन ।” मौखिक परेका उजुरीको समाधान भइसकेकोसमेत लम्सालले बताए।
यस्ता किसिमका प्रचारप्रसारमार्फत् मतदातालाई प्रभावित नपार्न आग्रह गरिएको उनले बताए। तनहुँ जिल्लामा कूल मतदाता दुई लाख ५४ हजार ३७९ मध्ये महिला मतदाता एक लाख ३० हजार ९०६ र पुरुष एक लाख २३ हजार ४९१ रहेका निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।
तनहुँ–१ क्षेत्रमा मात्रै एक लाख ३६ हजार ११८ मतदाता रहेका छन् भने तनहुँ–२ मा एक लाख १८ हजार २७९ मतदाता रहेका छन् । यस पटकको निर्वाचनमा थपिएका मतदाता तथा युवाको मतमा निर्भर रहने अवस्था देखिएको छ ।
तनहुँ– १ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा स्वर्णिम वाग्ले र नेपाली कांग्रेसका गोविन्द भट्टराई तथा नेकपा (एमाले)का पूर्वमन्त्री भगवती न्यौपानेबिच नै प्रतिस्पर्धा हुने भएको छ । मुख्य यी तीन पार्टीका साथै स्वतन्त्र उम्मेदवार, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा अन्य पार्टी पनि चुनावी मैदानमा छन् । राजनीतिक प्रतिस्पर्धा पुराना तथा नयाँ दलबिच प्रत्यक्ष रुपमा देखिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नं १ अत्यन्तै प्रतिस्पर्धात्मक देखिएको छ । त्यस्तै नेकपाबाट विद्यानाथ ढकाल उम्मेदवार बनेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ । त्यसैगरी श्रम संस्कृति पार्टीका काशिराम गुरुङ, स्वतन्त्र उम्मेदवार दीपकराज जोशी, उज्यालो पार्टीका मञ्जिल रानालगायत दलका उम्मेदवार यस क्षेत्रमा आफ्नो पक्षमा मत पार्ने कसरतमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण