शैक्षिक गुणस्तर उकास्न सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकबिच परस्पर सहकार्य आवश्यक रहेको बताएका छन् ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ मा रहेको आदर्श आधारभूत विद्यालयको हीरक महोत्सव–२०८२ को उद्घाटन गर्दै उनले सानै उमेरदेखि बालबालिकालाई अनुशासित बनाउन नैतिक शिक्षालाई अनिवार्य गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री आचार्यले विद्यालयहरूले आफूले प्रदान गरिरहेको शिक्षाको स्तर र विद्यार्थीको नतिजाबारे गम्भीर हुनुपर्ने उल्लेख गरे।
उनले अभिभावकहरूलाई आफ्ना छोराछोरीको पढाइ, व्यवहार र अवस्थाबारे नियमित जानकारी राख्न आग्रह गरे। सानैदेखि नैतिकता, अनुशासन र सामाजिक मूल्य–मान्यता सिकाउन सके भविष्य उज्ज्वल हुने उनको भनाइ थियो।
देशमा अराजकता बढ्दै गइरहेको सन्दर्भ उल्लेख गर्दै उनले बालबालिकालाई मर्यादित र जिम्मेवार नागरिकका रूपमा तयार पार्न विद्यालय र परिवारको संयुक्त भूमिका महत्त्वपूर्ण रहेको बताए।
आचार्यले गाउँमा विकासका आधारभूत पूर्वाधार पुगेको भन्दै अब गाउँ फर्कन पनि आह्वान गरे। सडक, खानेपानी, विद्यालय र स्वास्थ्य चौकी विस्तार भइरहे पनि गाउँहरू खाली हुँदै जानु चिन्ताजनक भएको उनले बताए।
गाउँलाई समृद्ध बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले आफ्ना पुर्खाले दिएको योगदानलाई नबिर्सन आग्रह गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण