टी–२० विश्वकप: अमेरिकाको पहिलो जित, नेदरल्यान्ड्स ९३ रनले पराजित
सारांश
- आईसीसी टी-२० विश्वकपमा अमेरिकाले नेदरल्यान्ड्सलाई ९३ रनले पराजित गर्यो।
- अमेरिकाले पहिले ब्याटिङ गर्दै १९६ रन बनायो, जसमा मुक्कामालाले ७९ रन बनाए।
- नेदरल्यान्ड्स १५.५ ओभरमा १०३ रनमा अलआउट भयो, जसले गर्दा अमेरिकाले जित हासिल गर्यो।
काठमाडौँ । जारी आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा संयुक्त राज्य अमेरिकाले नेदरल्यान्ड्समाथि ९३ रनको फराकिलाे जित निकालेको छ । यस जितसँगै अमेरिकाले प्रतियोगितामा पहिलो जित निकाल्दै २ अंक जोडेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९६ रनको बलियो योगफल खडा गरेको थियो । अमेरिकाको इनिङ्समा साइतेजा मुक्कामाला र शुभम रञ्जने प्रमुख आकर्षण बने।
ओपनिङमा कप्तान मोनान्क पटेलले आक्रामक सुरुवात गर्दै २२ बलमा ३ चौका र १ छक्कासहित ३६ रन बनाए । अर्का ओपनर शयान जहांगिरले १४ बलमा १ चौका र २ छक्कासहित २० रन जोडे ।
इनिङ्सको मध्यभागमा साइतेजा मुक्कामालाले उत्कृष्ट प्रदर्शन गर्दै ५१ बलमा ५ चौका र ४ छक्कासहित ७९ रनको महत्वपूर्ण पारी खेले । अन्तिमतिर शुभम रञ्जनेले विस्फोटक ब्याटिङ गर्दै २४ बलमा ३ चौका र २ छक्कासहित अविजित ४८ रन बनाएपछि अमेरिकाले बलियो स्कोर खडा गर्न सफल भयो ।
नेदरल्यान्ड्सका बलरमध्ये बास डे लीडेले २ विकेट लिए भने काइल क्लीन र फ्रेड क्लासेनले १–१ विकेट हात पारे ।
१९७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५.५ ओभरमा १०३ रनमै अलआउट भयो ।
नेदरल्यान्ड्सका लागि बास डे लीडेले १७ बलमा २३ रन, कप्तान स्कट एडवर्ड्सले १४ बलमा २० रन र म्याक्स ओ डाउडले ११ बलमा १३ रन बनाए पनि ठुलो साझेदारी गर्न सकेनन् ।
अमेरिकी बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सका ब्याट्सम्यानहरूलाई दबाबमा राखेका थिए । हरमीत सिंहले ४ ओभरमा मात्र २१ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिएका छन् । यस्तै, शाड्ली भान शाल्कविकले २.५ ओभरमा २१ रन दिएर ३ विकेट हात पारेका छन् भने मोहम्मद मोहसिनले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिएका थिए ।
जितसँगै अमेरिकाले समूह ‘ए’ मा अंक तालिकामा खाता खोलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण