शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: जनयुद्धको तीन दशक, आफैंले गलहत्याएका देउवाको साथ किन खोजिरहेछन् गगन ?

शनिबार, ०२ फागुन २०८२, ०० : ००
शनिबार, ०२ फागुन २०८२

सारांश

  • माओवादी जनयुद्ध सुरु भएको ३० वर्ष पूरा हुँदा पार्टीले पहिचान फेरेको छ र नेपाली कम्युनिस्ट पार्टीका रूपमा बदलिएको छ।
  • झापा राजनीतिको केन्द्रविन्दु बनेको छ, जहाँ रास्वपा नेता बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनावी क्षेत्र रोजेका छन्।
  • रौतहटको गौरमा करदाता सेवा कार्यालय सार्ने प्रयासले स्थानीय व्यापारीहरू आन्दोलित भएका छन्।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–

१. जनयुद्धको तीन दशक 

माओवादी जनयुद्ध सुरु भएको ३० वर्ष पूरा हुँदा तत्कालीन नेकपा (माओवादी)ले आफ्नो पहिचान फेरेको छ । विभिन्न दलसँगको एकतापछि ‘नेपाली कम्युनिस्ट पार्टी’का रूपमा उक्त पार्टी बदलिएको छ । 
२०५२ साल फागुन १ गते राज्यसत्ता समक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी ४० बुँदे माग राखेर माओवादीले सशस्त्र विद्रोह सुरु गरेको थियो । 

२. आफैंले गलहत्याएका देउवाको साथ किन खोजिरहेछन् गगन ?

नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गगन थापाले गत मंसिर ८ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।’

३. चुनावी गतिविधि निषेध गरिएको झापाको एउटा ठाउँ

अहिले झापा राजनीतिको केन्द्रविन्दुमा छ । हेभीवेट नेताहरु रहेको झापा यसै पनि सबैजसो निर्वाचनमा चासोको केन्द्रमा हुन्छ । यसपालि त यो झनै बढेको छ । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले एमाले अध्यक्ष केपी शर्मा ओलीले लड्दै आएको चुनावी क्षेत्र रोजेपछि अहिले यो माहोल थप गर्मिएको हो ।

४. सांसद उम्मेदवारलाई ‘वडाध्यक्ष’को भारी
नेपालको संविधानले संघीय संसदका सदस्यहरूलाई मुख्यतः राष्ट्रिय नीति निर्माण, कानुनको तर्जुमा र सरकारको निगरानी गर्ने जिम्मेवारी सुम्पेको छ, तर झापा, मोरङ र सुनसरीका विभिन्न बस्तीका मततादाको अपेक्षा भने अर्कै छ । उम्मेदवारका रूपमा मत माग्नेहरूमा पनि अनावश्यक आश्वासन दिने परम्परा कायमै छ ।

५. विश्वकप

थप:

६. गौरमा करदाता सेवा कार्यालय सार्न खोज्दा तनाव

रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरा सार्ने प्रयासले शुक्रवार गौर बजार तनावग्रस्त बनेको छ। स्थानीय व्यापारीहरू सरकारले गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै आन्दोलित भएका हुन्।

७. जेनजी आन्दोलनको असर बीमा कम्पनीको ब्यालेन्स सिटमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालनमा रहेका अधिकांश निर्जीवन बीमा कम्पनीहरूको नाफामा भारी गिरावट आएको छ । बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार धेरैजसो कम्पनीको नाफा खुम्चिएको छ भने नाफामा रहेका ठुला कम्पनीहरू समेत नोक्सानीमा गएका छन् ।

८. ब्याटल ग्राउन्ड तनहुँ

व्यास नगरपालिका– १० की समिना बोटे उमेरले दुई पटक मतदान गर्न योग्य भइसकिन्, तर उनले मतदाता परिचयपत्र बनाएकी छैनन्, न त बनाउने जाँगर नै छ ।

आमाबुबाले पटक–पटकका निर्वाचनमा मतदान गरेको देखे–बुझेकी समिनालाई भोट हालेर केही हुन्छ भन्ने विश्वास लाग्न छाडेको छ । उनले भनिन्, ‘अहिलेसम्म आमाबाउले भोट दिएकै हुन् । न धारामा पानी आउँछ, न भरलाग्दो जागिर पाइएको छ । अब मैलेचाहिँ भोट किन दिनुपर्‍यो र ? मतदाता परिचयपत्र बनाएर के गर्नु ?’

  • थप चुनावी सामग्री

९. देखिन छाडे गोरुगाडा

तराईका ग्रामीण भेगमा देखिने गोरुगाडा अहिले देख्नै मुस्किल हुन थालेको छ । कृषिमा भित्रिएको आधुनिकीकरण र यातायातका साधनको सहज पहुँचले गर्दा यो परम्परागत साधन विस्थापित हुँदै गएको हो । एक दशक अघिसम्म खेतबाट उखु, धान र पराल बोक्न तथा हाटबजारमा अन्न पुर्‍याउन गोरुगाडाकै प्रयोग हुन्थ्यो ।

१० काठमाडौँ–मन्थली रुटको अरनिको बस सेवा अनिश्चितकालका लागि स्थगित

अरनिको यातायात सेवा प्रा.लि.ले काठमाडौँ देखि खुर्कोट हुँदै रामेछापको मन्थलीसम्म सञ्चालन हुने आफ्ना सम्पूर्ण बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ।
अरनिको यातायातले एक सूचना जारी गर्दै रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६, मसानटारमा भएको सवारी दुर्घटना र त्यसबाट सिर्जित सुरक्षा जोखिमका कारण क्युमा चल्ने बस सेवा रोक्नु परेको जनाएको छ।

११. स्टोरेज जलविद्युत्मा निजी लगानीको खुल्यो ढोका

विद्युत् नियमन आयोगले ‘जलाशययुक्त विद्युत् उत्पादन केन्द्रको विद्युत् खरिद–बिक्री सम्बन्धी निर्देशिका २०८२’ जारी गरेको छ ।

आयोगले जलाशययुक्त जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिद–बिक्री प्रक्रियालाई व्यवस्थित बनाउने गरी उक्त निर्देशिका जारी गरेको हो । २० माघमा बसेको आयोगको २९९ औं बैठकले उक्त निर्देशिका स्वीकृत गरी कार्यान्वयनका लागि जारी गरेको छ ।

१२. सुरक्षा/अपराध

थप

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप