जेनजी आन्दोलनको असर बीमा कम्पनीको ब्यालेन्स सिटमा, ठुला कम्पनीलाई झड्का
सारांश
- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश निर्जीवन बीमा कम्पनीहरूको नाफामा गिरावट आएको छ।
- बाढीपहिरो र जेनजी आन्दोलनका कारण बीमा दाबी बढ्दा कम्पनीहरूको ब्यालेन्स सिटमा असर परेको देखियो।
- कम्पनीहरूको आम्दानी घट्नु र नोक्सानी बढ्नुको मुख्य कारण अत्यधिक मागदाबी र पुनर्बीमा रणनीति हो।
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सञ्चालनमा रहेका अधिकांश निर्जीवन बीमा कम्पनीहरूको नाफामा भारी गिरावट आएको छ । बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार धेरैजसो कम्पनीको नाफा खुम्चिएको छ भने नाफामा रहेका ठुला कम्पनीहरू समेत नोक्सानीमा गएका छन् ।
विशेषगरी केही समयअघि मुलुकभर आएको बाढीपहिरो र जेनजी आन्दोलनका कारण सिर्जित परिस्थितिले बीमा दाबी ह्वात्तै बढ्न जाँदा कम्पनीहरूको ब्यालेन्स सिटमा ठुलो असर परेको देखिएको छ ।
यो अविधमा १४ वटा बीमा कम्पनीमध्ये पाँच कम्पनी नोक्सानमा छन् । ६ वटा कम्पनीको नाफा सकारात्मक रहे पनि नाफा घटेको छ । दुई बीमा कम्पनी गत वर्ष नोक्सानमा रहेकोमा यो वर्ष नाफामा देखिएका छन् । एउटा बीमा कम्पनी मात्रै गत वर्ष नाफामा भई यो वर्ष समेत सामान्य नाफा बढाएको छ ।
त्यस्तै माइक्रो इन्स्योरेन्समध्ये तीनवटै कम्पनी नाफामा हुँदा दुई कम्पनीको नाफा बढेको छ भने एउटा कम्पनीको नाफा घटेको छ ।
कुन कम्पनीको अवस्था कस्तो ?
समीक्षा अवधिमा नोक्सानमा गएका कम्पनीहरुमा आईजीआई प्रुडेन्सियल, सानिमा जीआईसी, शिखर इन्स्योरेन्स, युनाइटेड अजोड र सिद्धार्थ प्रिमियर रहेका छन् ।
त्यस्तै, हिमालयन एभरेस्ट, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सगरमाथा लुम्बिनी, एनएलजी इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको नाफा सकारात्मक रहे पनि गत वर्षको यही अवधिको तुलनामा घटेको छ ।
ओरेन्टल इन्स्योरेन्स र नेसनल इन्स्योरेन्स गत वर्ष नोक्सानमा हुँदा यो वर्ष नाफा पुगेका छन् । यसमध्ये नोक्सानमा जाने कम्पनीहरु तुलनात्मक रुपमा ठुलो हिस्सा भएका कम्पनी हुन् ।
किन घट्यो नाफा ?
बीमा कम्पनीहरूको आम्दानी घट्नु र नोक्सानी बढ्नुको प्रमुख कारण अत्यधिक मागदाबी नै हो । बाढी र पहिरोले पुर्याएको क्षति तथा जेनजी आन्दोलन लगायत घटनाक्रमले सम्पत्तिको क्षति हुँदा कम्पनीहरूमा दाबीको चाङ लागेको छ । दाबी भुक्तानी रकम बढ्दा कम्पनीहरूको अन्डरराइटिङ नाफा प्रभावित भएको बीमकहरु बताउँछन् ।
धेरै मागदाबी आउँदा पनि सबै कम्पनीको अवस्था एकैनासको भने छैन । यसमा कम्पनीहरूले अपनाएको पुनर्बीमा रणनीतिले मुख्य भूमिका खेलेको देखिएको छ । बीमा कम्पनीहरूले आफूले लिएको जोखिमको निश्चित हिस्सा पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गर्छन् ।
यसपटकको वित्तीय विवरण हेर्दा पुनर्बीमा मार्फत धेरै जोखिम ट्रान्सफर गरेका थिए, उनीहरू सुरक्षित देखिएका छन् । उनीहरूमा दाबी धेरै आए पनि दायित्व पुनर्बीमा कम्पनीमा सर्ने हुँदा खुद नोक्सानी व्यहोर्नुपरेको छैन ।
तर जसले पुनर्बीमा कम गरेर धेरै जोखिम आफैंमा राखेका थिए, ती कम्पनीहरू बाढी र आन्दोलनको चपेटामा नराम्ररी परेका छन् । धेरै मागदाबी र आफैंले बोकेको उच्च जोखिमका कारण बलिया मानिने कम्पनीहरू समेत नोक्सानीमा गएका छन् । अर्कोतर्फ, कम मागदाबी आएका कम्पनीहरूको नाफा घटे पनि उनीहरूले नोक्सानी नै भने व्यहोर्नुपरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण