इंग्ल्यान्डले स्कटल्यान्डलाई ५ विकेटले हरायो
सारांश
- इङ्ल्यान्डले स्कटल्यान्डलाई ५ विकेटले पराजित गर्दै टी-२० विश्वकपको खेल जितेको छ।
- टम ब्यान्डमले अविजित ६३ रन बनाए भने साम करनले २८ रन जोडे।
- इंग्ल्यान्डले स्कटल्यान्डलाई १५२ रनमा रोकेको थियो, आदिल राशिदले ३ विकेट लिए।
कोलकता । कोलकातास्थित इडेन गार्डेन स्टेडियममा शनिबार सम्पन्न टी–२० विश्वकपको २३औँ खेलमा इङ्ल्यान्डले स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको छ ।
१५३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १८.२ ओभरमा ५ विकेट गुमाउँदै सहज जित निकालेको हो । आज इंग्ल्यान्डका टम ब्यान्डमले उत्कृष्ट पारी खेल्दै अर्धशतक पूरा गरे । उनले ४१ बलमा अविजित ६३ रन जोडे भने साम करनले २० बलमा २८ रन जोडे । त्यस्तै ज्याकोब बेथेलले २८ बलमा ३२ रन बनाए ।
यद्यपि इंग्ल्यान्डको सुरुवाती अवस्था भने केही धर्मराएको थियो । ओपनरद्वय फिल साल्ट र जस बटलर आज सस्तैमा आउट भए । उनीहरूले क्रमशः २ र ३ रन मात्र बनाउन सके ।
टस जितेर पहिले बलिङ रोजेको इङ्ल्यान्डले स्कटल्यान्डलाई १९.४ ओभरमा १५२ रनमै अलआउट गरेको थियो । स्कटल्यान्डका कप्तान रिचि बेरिङ्टन अर्धशतकबाट एक रनले चुकेका थिए, उनले ४९ रन बनाएका थिए ।
मिचेल जोन्सले ३३, टम ब्रुसले २४ तथा ओलिभर डेभिडसनले २० रन जोडेका थिए । अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
इङ्ल्यान्डका आदिल राशिदले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। जोफ्रा आर्चर र लियम ड्वसनले समान २–२ विकेट हात पारे । तीन खेल खेलेको इंग्ल्यान्डले स्कटल्यान्डसँगै नेपाललाई हराएको थियो भने वेस्ट इन्डिजसँग पराजित भएको थियो । अब इंग्ल्यान्डले समूह चरणमा इटालीसँग प्रतिस्पर्धा गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण