कोराबाटै मत माग्दै एमाले उम्मेदवार विनोद ढकाल
विराटनगर । नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाता सँगै रहेको बताएका छन् ।
निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बिचमा रहेको र मतदातासँग आउन नपाए पनि नेकपा एमालेका कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बताएका हुन् । ‘म मतदाता बीचमै छु, र मन मतदातासँगै छ,’ उनले भने, ‘अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरू लिने नै छु ।’
नेता ढकालले आफूले ६ नम्बर क्षेत्रका समस्याहरू बुझेको र ती सबै समस्यालाई समाधान गर्ने तर्फ क्रियाशील रहने बताए । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइराला, नेपाली कम्युनिस्ट पार्टीबाट ओपेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुविना आचार्यलगायत उम्मेदवार छन् । नेकपा एमालेभित्र आफ्ना आवाजहरुलाई बुलन्द पार्ने नेताको रुपमा चिनिएका ढकाल स्थानीय कार्यकर्ता र जनताबीच लोकप्रिय नेताका रुपमा परिचित छन् ।
ढकालका बुबा बिष्णुप्रसाद ढकालको १०१ वर्षको उमेरमा माघ २९ गते बिहान निधन भएको थियो । निर्वाचनको प्रचारमा खटिरहेका ढकाल कोरामा बस्नुपरेपछि उनले भिडियो सन्देश जारी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण