आधारभूत तहको ‘प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन’ गर्दै कामपा
काठमाडौँ । काठमाडौँ महानगरपालिका आधारभूत तहको ‘प्रश्नपत्र निर्माण तथा मूल्याङ्कन’का लागि जुटेको छ । विद्यार्थीको मूल्याङ्कनका तरिका र प्रश्नपत्र निर्माणलाई स्तरीय तथा समान, समयसापेक्ष एवं वैज्ञानिक बनाउनका लागि कामपाले प्रशिक्षणको आयोजना गरिसकेको छ ।
कामपा शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भने, “शिक्षा भनेको योग्यता मापनको सूचक मात्र होइन । शिक्षाले व्यक्तिलाई विपन्नताबाट सम्पन्नता प्रदान गर्न सक्नुपर्छ । यसका लागि कामपाका सामुदायिक विद्यालयमा सङ्घ सरकारको लगानीमा कामपाले कालिकाले रु एक अर्ब ३२ करोड लगानी थप गरेको छ । अभिभावकको आर्थिक, सामाजिक अवस्थाले पनि शैक्षिक गुणस्तर कायम गराउन भूमिका खेलेको हुन्छ । आन्तरिक र बाह्य समन्वयलाई मजबुत बनाउनेछौँ ।”
‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ (दोस्रो संस्करण, २०७९)’ ले विद्यालय शिक्षाको राष्ट्रिय, तहगत, कक्षागत र विषयगत उद्देश्य, विषयगत सक्षमता तथा प्रमुख सिकाइ क्षेत्र व्यवस्थित गरेको जनाउँदै उनले यसको विद्यालय तथा कक्षाकोठामा कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको बताए ।
कामपा विद्यालय व्यवस्थापन महाशाखा प्रमुख एवं शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले भने, “शिक्षक सक्षमताको प्रारूप, २०७२ ले निरन्तर सिकाइ र पेसागत विकासलाई शिक्षकको एउटा प्रमुख सक्षमताका रूपमा उल्लेख गरेको छ ।” यसैअनुसार शिक्षकलाई प्रश्नपत्र विकास एवम् मूल्याङ्कनसम्बन्धी तालिम दिइएको उनले उल्लेख गरे ।
तालिमबाट आधारभूत तहको सिकाइ मूल्याङ्कन गर्ने विधिमा समानता आउने कामपाले विश्वास व्यक्त गरेको छ । स्रोत शिक्षक रश्मी तामाङले भनिन्, “शिक्षकका लागि यो नयाँ अभ्यास हुनेछ ।” राष्ट्रिय पाठयक्रम प्रारूप, २०७६ आधारभूत तहअन्तर्गत कक्षा ४ र ५ को पाठयक्रम २०७८ मा स्वीकृत भएर कार्यान्वयनमा आएको छ । यो प्रारुप २०७९ मा संशोधन भएको छ । आधारभूत तहअन्तर्गत कक्षा ६, ७ र ८ को पाठ्यक्रम, २०७७ मा स्वीकृत भएर कार्यान्वयनमा आएको कामपाको शिक्षा तथा स्वास्थ्य समितिले जनाएको छ ।
पाठ्यक्रम विकास केन्द्रबाट कक्षा ४ देखि ८ सम्म तहगत र कक्षागत विषयगत विशिष्टीकरण तालिका विकास गरिएको छ । विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० जारी गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) (ज) मा आधारभूत शिक्षा तथा माध्यमिक शिक्षाअन्तर्गत स्थानीय तहको काम, कर्तव्य र अधिकारअन्तर्गत शिक्षण सिकाइ, शिक्षक तथा कर्मचारीको तालिम र क्षमता विकाससम्बन्धी काम पर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण