शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : ओलीको नयाँ घोषणापत्र सार्वजनिकदेखि महाशिवरात्रिको चहलपहलसम्म

शनिबार, ०२ फागुन २०८२, २२ : ०१
शनिबार, ०२ फागुन २०८२

काठमाडौँ । आज मिति २०८२ साल फागुन २ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

१. केपी ओलीले सार्वजनिक गरे नयाँ घोषणापत्र
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो निर्वाचन क्षेत्रको घोषणापत्र सार्वजनिक गरेका छन् । 

२. राप्रपाको संकल्प पत्र सार्वजनिक 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो मुख्य प्रतिबद्धता समेटिएको ‘संकल्प पत्र’ सार्वजनिक गरेको छ। 

३.पशुपतिमा महाशिवरात्रि अघिको चहलपहल 
महाशिवरात्रिको पूर्वसन्ध्यामा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा चहलपहल बढ्न थालेको छ । देश–विदेशबाट आउने साधुसन्त तथा भक्तजनहरूको आगमनसँगै मन्दिर आसपासको क्षेत्र यतिबेला निकै व्यस्त देखिएको छ । 

४. भ्यालेन्टाइन डे
आज फेब्रुअरी–१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि उत्साहका साथ मनाइएको छ । 
पछिल्लो समय यो दिवस केवल एक दिनमा सीमित नरही सामाजिक तथा सांस्कृतिक रूपमा स्थापित पर्वकै रूपमा विकसित हुँदै गएको छ । 

५.ललितपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु
ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१, बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

६. २०८३ सालको पात्रो प्रकाशित 
२०८३ सालको पात्रो ‘पञ्चाङ्ग’ प्रकाशित भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा पात्रो प्रकाशित गरिएको हो ।

७. शनिबार विशेष 

८. प्रतिनिधिसभा निर्वाचन 
मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार अब काठमाडौँ उपत्यका आसपासका जिल्लाका निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम बाँकी छ ।

९. विकासे आयोजना
तराई–मधेसको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग १६ वर्षदेखि अलपत्र छ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको यो राजमार्गमा ठेक्का रद्द र सरकारी उदासिनताका कारण यो आयोजनाको भविष्य अन्योलमा परेको हो ।

१०. नेपाल आइपुगे नयाँ चिनियाँ राजदूत
नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ नेपाल आइपुगेका छन् । उनले शुक्रबार नेपाल आएर आफ्नो कार्यभार सम्हालेका हुन् । 

यो पनि...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप