बाल क्यान्सरका बारेमा सचेतना
सारांश
- बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सर दिवस मनायो, जसमा चेतनामूलक कार्यक्रमहरू आयोजना गरियो।
- अस्पतालले बालबालिका र अभिभावकलाई बाल क्यान्सरबारे जानकारी गराउँदै विभिन्न कार्यक्रमहरू आयोजना गर्यो।
- डाक्टरहरूले समयमै रोग पत्ता लगाएर उपचार गरे धेरै रोग निको पार्न सकिने कुरामा जोड दिए।
चितवन । अन्तरराष्ट्रिय बाल क्यान्सर दिवसका अवसरमा बीपी कोइराला मोमोरियल क्यान्सर अस्पतालले बालबालिकासँग चेतना मूलक एवं सिर्जनात्मक कार्यक्रम गरी मनाएको छ । अस्पतालले बालबालिका र उनीहरुको अभिभावकलाई बाल क्यान्सरको बारेमा जानकारी गराएको हो ।
अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार अस्पतालले तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर बाल क्यान्सर दिवस मनाएको हो । कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बाल क्यान्सरसम्बन्धी तालिम, अभिभावकसँग समस्या र समाधानका विकल्प विषयक छलफल र बालबालिकाको विशेष समारोह गरी बाल क्यान्सर दिवस मनाइएको हो ।
सो अवसरमा चित्रकला प्रतियोगितासमेत गरिएका थियो । अस्पतालको वार्डमा रहेका बालबालिकालाई मास्क, सेनिटाईजर, कापी कलम, रङ्, प्रोटिनयुक्त खाना र पानीका बोतल जस्ता सामग्री वितरण गरिएको थियो । कार्यक्रममा अस्पतालमा उपचाररत बालक प्रेश्टा श्रेष्ठ र उनका अभिभावकले अस्पतालमा आफ्नो उपचार र भोगाइका बारेमा बोलेका थिए ।
सो अवसरमा अस्पतालका वरिष्ठ कन्सल्टेन्ट पिड्यिाट्रिक हेमाटो अङ्कोलोजिस्ट डा कृष्णसागर शर्माले समायमानै रोग पहिचान भए उपचारबाट धेरै रोग निको पार्न सकिने बताए । उनले भने, “समायमानै सचेत भएर उपयुक्त उपचार गर्न सके रोग निको पार्न सकिन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण