एमाले उम्मेदवारको प्रतिबद्धता : ‘कफी र जडीबुटी ड्रिम प्रोजेक्ट’
सारांश
- काभ्रे क्षेत्र नम्बर- १ का एमाले उम्मेदवार अमित लामाले घरदैलो कार्यक्रम सुरु गरे।
- उनले खानी खोला र महाभारत क्षेत्रलाई कफी उत्पादनको पकेट क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे।
- लामाले डाँडापारिलाई जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र बनाउने योजना सार्वजनिक गरे।
काभ्रे । काभ्रे क्षेत्र नम्बर- १ का एमाले उम्मेदवार अमित लामाले डाडापारी क्षेत्रमा घरदैलो कार्यक्रम सुरु गरेका छन् । घरदैलो कार्यक्रममा उनले आफ्नो विकास योजना प्रस्तुत गर्दै खानी खोला र महाभारत क्षेत्रलाई कफी उत्पादनको पकेट क्षेत्र बनाउने तथा स्थानीय उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।
साथै, उनले डाँडापारिलाई नेपालकै नमुना जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र बनाउने आफ्नो “ड्रिम प्रोजेक्ट” सार्वजनिक गर्दै परियोजना सफल पार्न जनताको साथ र सहयोग आवश्यक रहेको बताए ।
लामाका अनुसार परियोजना सुरु भएपछि गाउँमै रोजगारका अवसर सिर्जना हुने र युवा विदेश जान नपर्ने छन् । शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारलाई पनि प्राथमिकतामा राखेको लामाको भनाइ छ ।
घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार इन्द्र तामाङ, पूर्वमन्त्री चन्द्र लामा, बागमती प्रवेश कमिटी सदस्य दिलीप लामा, राकेश लामा, चन्द्र लामा र जिल्ला कमिटी उपाध्यक्ष देवसागर लामा लगायतको सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण