घाइते चितुवा मर्यो
सोमबार, ०४ फागुन २०८२, २२ : ३०
सारांश
- मालारानी गाउँपालिकामा पासोमा परेको चितुवा मर्यो।
- घाइते चितुवालाई उद्धार गरी वन कार्यालयमा लगिएको थियो र उपचारको क्रममा मृत्यु भयो।
अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको चितुवा मरेको छ ।
गाउँपालिका–३ टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परी घाइते भएको चितुवालाई उद्धार गरी वन कार्यालय अर्घाखाँचीमा लगिएको थियो । उपचारको क्रममा सोमबार दिउँसो पोथी माउ चितुवा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।
चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन् । गए रातिदेखि पासोमा परेर घाइते चितुवाको आजै उद्धार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण