शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दुई फर्मलाई नगद जरिवाना

मङ्गलबार, ०५ फागुन २०८२, ०६ : ४५
मङ्गलबार, ०५ फागुन २०८२

काठमाडौँ । नियमित रूपमा बजारको अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।

विभागले गरेको स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि ललितपुर महानगरपालिका १५ मा रहेको घिमिरे स्टोरलाई रु ११ हजार जरिवाना गरेको छ ।

न्यू म्याक्स स्टोर भक्तपुर सल्लाघारीलाई रु पाँच हजार जरिवाना गरेको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन–२०७५ को दफा ३८ बमोजिमको कसुरमा कारबाही गरेको हो ।

हिमालयन डेरी प्रोडक्सन र युसा डेरीलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य नौ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप