न्युजिल्याण्डलाई सुपर-८ को ढोका खोल्ने मौका, क्यानडालाई अस्तित्व जोगाउने चुनौती
चेन्नई । टी-२० विश्वकप अन्तर्गत आज ३१औँ खेलमा न्युजिल्याण्ड र क्यानडा आमने-सामने हुँदैछन्। यो रोमाञ्चक खेल चेन्नईको चेपक स्टेडियममा बिहान ११:१५ बजे सुरु हुनेछ ।

- समीकरण: जितले सुपर-८, हारले घर फिर्ती
यदि न्युजिल्याण्डले यो खेल जित्यो भने टोली सोझै सुपर-८ मा प्रवेश गर्नेछ। हाल ३ खेलमा २ जित निकाल्दै ४ अङ्क जोडेको न्युजिल्याण्ड ‘ग्रुप-डी’ को अङ्क तालिकामा दक्षिण अफ्रिकापछि दोस्रो स्थानमा छ।
उता क्यानडा भने आफ्ना दुवै खेल हारेर तालिकाको पुछारमा छ। आजको खेल हारेमा क्यानडा सुपर-८ को दौडबाट बाहिरिनेछ, तर जितेमा भने अर्को चरण पुग्ने झिनो आशा जीवितै रहनेछ।
- हेड टू हेड
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन्। टी-२० विश्वकपको इतिहास हेर्दा न्युजिल्याण्डले ४९ खेल खेल्दा २७ जित र २२ हार व्यहोरेको छ।
यता क्यानडाले खेलेका ५ खेलमध्ये ४ मा हार व्यहोरेको छ।

- न्युजिल्याण्डका मुख्य हतियार
यस विश्वकपमा टिम साइफर्ट न्युजिल्याण्डका लागि रन मेसिन साबित भएका छन्। उनले ३ खेलमा १७९.५७ को आक्रामक स्ट्राइक रेटमा १६७ रन बनाएका छन्, जसमा ८९ रन नटआउट उनको उत्कृष्ट स्कोर हो।
बलिङतर्फ लोकी फर्गुसनले २ खेलमा ४ विकेट लिँदै विपक्षीलाई दबाबमा राखेका छन्।

- क्यानडाका भरपर्दा खेलाडी
क्यानडाको ब्याटिङको जिम्मा नवनीत धालीवालको काँधमा हुनेछ। उनले २ खेलमा ९८ रन बनाउँदै टोलीका शीर्ष स्कोरर बनेका छन्। बलिङमा साद बिन जफरले कसिलो बलिङ गर्दै २ खेलमा ३ विकेट लिएका छन्।
- पिच कस्तो छ?
चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपक) सामान्यतया स्पिनरहरूलाई मद्दत गर्ने पिच हो। यहाँ भएका ७ टी-२० खेलमा ४ पटक लक्ष्य पछ्याउने टोलीले जितेको छ भने ३ पटक पहिले ब्याटिङ गर्नेले।
यद्यपि, खेल अघि बढ्दै जाँदा यहाँको पिच 'स्लो' हुँदै जान्छ, जसले गर्दा पछि ब्याटिङ गर्न गाह्रो हुन सक्छ। दिउँसोको खेल भएकाले शीतको कुनै प्रभाव हुनेछैन। त्यसैले टस जित्ने कप्तानले पहिले ब्याटिङ गर्ने निर्णय लिन सक्छन्।
- मौसम पूर्वानुमान
चेन्नईमा आज हल्का बादल लाग्ने र घाम लाग्ने मौसम रहनेछ। तापक्रम २८ देखि २९ डिग्री सेल्सियसको आसपास हुने अनुमान छ। खेलका दौरान वर्षाको सम्भावना न्युन छ।
सम्भावित प्लेइङ-११
- न्युजिल्याण्ड: मिचेल स्यान्टनर (कप्तान), फिन एलेन, टिम साइफर्ट, रचिन रवीन्द्र, ग्लेन फिलिप्स, मार्क च्यापम्यान, डेरेल मिचेल, जिमी निसम, म्याट हेनरी, लोकी फर्गुसन, ज्याक डफी।
- क्यानडा: दिलप्रीत बाजवा (कप्तान), अंश पटेल, डिलोन हेलिगर, हर्ष ठाकेर, जसकरनदीप बुट्टर, कलिम सना, नवनीत धालीवाल, निकोलस किर्टन, साद बिन जफर, श्रेयस मोभ्भा र युवराज समरा।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको बजेट निर्माणमा सहजीकरण गर्न मन्त्रालय सक्रिय, समिति गठन गर्दै फिल्डमा खटायो टोली
-
मानव अधिकार आयोगको कारबाही सिफारिस, तर सरकार गर्छ पुरस्कृत
-
रास्वपा कर्णाली प्रदेशको नेतृत्वका लागि ५ जनाबिच रस्साकस्सी
-
झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर
-
युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
-
भूमि आयोग मोरङका निवर्तमान अध्यक्ष जोडिए सुनचाँदी ठगी प्रकरणमा, बिचौलियाको भूमिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण