सान्त्वना जितको खोजीमा रहेको नेपाललाई साथ दिन वानखेडे पुगे समर्थकहरू
मुम्बई । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ। मुम्बईस्थित प्रसिद्ध वानखेडे स्टेडियममा हुने यो खेल दुवै टोलीका लागि यस संस्करणको अन्तिम यात्रा हुनेछ।
_YAqXXcEdF3.jpg)
अघिल्ला तीनवटै खेलमा पराजित भई सुपर-८ को दौडबाट बाहिरिसकेको नेपाल आज पहिलो जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा छ।
_XIY1tzezyV.jpg)
नेपालका लागि यो विश्वकप निकै चुनौतीपूर्ण रह्यो। पहिलो खेलमा बलियो टोली इङ्गल्याण्डलाई अन्तिम ओभरसम्म कडा टक्कर दिए पनि नेपाल मात्र ४ रनले पराजित भएको थियो।
_84YYldhS5y.jpg)
तर, दोस्रो खेलमा इटालीसँगको १० विकेटको अप्रत्याशित हार र तेस्रो खेलमा वेस्ट इन्डिजसँगको पराजयले नेपालको अघिल्लो चरण पुग्ने सपना समाप्त गरिदिएको थियो। ब्याटिङमा देखिएको अस्थिरता र पावरप्लेमा सोचेजस्तो रन बन्न नसक्नु टोलीको मुख्य कमजोरी देखिएको छ।
_kyJOr4GDkd.jpg)
मुख्य प्रशिक्षक स्टुअर्ट लले पछिल्ला हारहरूबाट पाठ सिक्दै खेलाडीहरूलाई मैदानमा पूर्ण प्रतिबद्धताका साथ उत्रन निर्देशन दिएका छन्। मुम्बईमा रहेका हजारौँ नेपाली समर्थकहरूलाई खुसी तुल्याउन पनि आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब छ।
_9p2Gc1eTnY.jpg)
_Pg3OzJ8h1P.jpg)
_ikOgR76VCa.jpg)
_b2gAH3R7ko.jpg)
_apke0LVyoe.jpg)
_au6Tvllsa7.jpg)
_9WGGsCWvA0.jpg)
_3cPDcf6rqP.jpg)
_HvFux7Ulhz.jpg)
_MfjP5S9UZT.jpg)
_Hm5XWO8KfM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा सत्ताको चाबी बोकेर के गरिरहेको छ राप्रपा–प्रलोपा ?
-
ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङ मार्गको शिलापत्र कसरी हरायो ?
-
बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धान दायरामा
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रौतहटमा खोलामा डुबेर बालकको मृत्यु
-
भारतीय टोलीको प्रदर्शन समीक्षा गर्दै बीसीसीआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण