दुर्गा प्रसाईंद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मंगलबार बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका छन् ।
भक्तपुरस्थित निवासबाटै सोमबार राति सुरक्षाकर्मीले पक्राउ गरेपछि प्रसाईंको हकमा उमा प्रसाईंले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । बुधबार र बिहीबार सार्वजनिक बिदा परेकाले यसको पेसी फागुन ८ गते शुक्रबारका लागि तोकिएको छ ।
प्रकाउ पर्नुअघि प्रसाईले आफूलाई प्रहरीले धरपकड गरेको र गिरफ्तार गर्न खोजेको भन्दै प्रहरी परिसर काठमाडौँलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए । प्रसाईंले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनी पक्राउ परेका थिए ।
यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो ।
प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन बिथोल्ने अभियान सुरु गर्न लागेको आशंका प्रहरीले उनलाई पटक–पटक पक्राउ गर्दै आएको छ । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण