मनाङमा अब घाम लागे चुनाव गर्न समस्या छैन
सारांश
- मनाङमा फागुन २१ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ, तर भौगोलिक विकटताका कारण केही समस्या देखिएका छन्।
- नार्पाभूमि गाउँपालिका जाने बाटोमा हिउँ पन्छाउने काम भइरहेको छ, भने निर्वाचनका लागि आवश्यक जनशक्ति र सामग्री व्यवस्थापन भइसकेको छ।
- यस निर्वाचनमा नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ, नेकपाबाट यशोदा सुवेदी र नेशनल मंगोल अर्गनाइजेसनबाट रामबहादुर घले उम्मेदवार छन्।
पोखरा । फागुन २१ गते हुने निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा तयारी अन्तिम चरणमा पुगेको छ । मौसमी प्रतिकूलता र भौगोलिक विकटताका कारण मतदान केन्द्रहरूको अनुगमनमा भने समस्या परेको छ ।
दुर्गम क्षेत्र नार्पाभूमि गाउँपालिका जाने बाटोमा जमेको हिउँ पन्छाउने काम भइरहेको मनाङका मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, चिसो कम हुँदै गएको र घाम लाग्न थालेकाले निर्वाचन गराउन अब सहज हुनेछ ।
‘नार्पाभूमि गाउँपालिका पुग्ने बाटोमा बाक्लो हिउँ जमेकाले आवतजावतमा कठिनाइ भएको छ,’ पौडेलले भने, ‘हिउँ पन्छाएर बाटो खुलाउन हामीले सुरक्षाकर्मी र कर्मचारी पठाउँदै छौँ । बाटो सफा गरेपछि मतपेटिका र निर्वाचन सामग्री ढुवानी गरिनेछ ।’
निर्वाचनका लागि जनशक्ति व्यवस्थापनको काम सकिएको उनले बताए । जिल्लाभरका २८ वटा मतदान केन्द्र र एक अस्थायी मतदान केन्द्र गरी कुल २९ केन्द्रमा १ सय ७१ जना कर्मचारी खटाइएको पौडेलले जानकारी दिए । त्यसबाहेक प्रत्येक मतदान केन्द्रमा २ जनाका दरले स्वयंसेवक पनि परिचालन गरिनेछ ।
‘यहाँ अन्य किसिमको थ्रेट छैन, हाम्रो मुख्य चुनौती भनेको भूगोल र मौसम नै हो,’ पौडेल भन्छन्, ‘अहिले हिउँ पग्लिने क्रम सुरु भएको छ । चुनाव गराउन गाह्रो नहोला ।’ आजै माथिल्लो मनाङका मतदान केन्द्रहरूको अनुगमन गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू पनि जिल्ला भित्रिन थालेका छन् । काठमाडौँ र पोखरामा रहेका उम्मेदवारहरू फर्केपछि सर्वदलीय बैठक डाक्ने कार्यालयले जनाएको छ । निर्वाचन सामग्रीहरू जिल्लामा पुग्ने क्रम सुरु भएको पौडेलले जानकारी दिए ।
मनाङमा ३ जना मात्रै उम्मेदवार छन् । नेपाली काँग्रेसबाट टेकबहादुर गुरुङ, नेपाली कम्युनिस्ट पार्टीबाट यशोदा सुवेदी र नेशनल मंगोल अर्गनाइजेसनबाट रामबहादुर घले उम्मेदवार छन् ।
नेकपा एमालेका पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिंह गुरुङले काँग्रेसका टेकबहादुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । अहिलेको निर्वाचनमा ७ हजार मतदाताले मत दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण