सामाजिक सञ्जालको ‘लत’ लगाएको आरोपमा अदालतमा जुकरबर्गले के भने ?
सारांश
- मेटाका सीईओ मार्क जुकरबर्गले किशोर प्रयोगकर्तामा लत लागेको आरोपबारे अदालतमा आफ्नो बचाउ गरे।
- वादी पक्षले किशोर प्रयोगकर्ताको प्रयोगबारे जानकार हुँदाहुँदै पनि पर्याप्त कदम नचालेको आरोप लगाए।
- जुकरबर्गले कागजातको गलत व्याख्या भएको र कम्पनीले युवा प्रयोगकर्ताको सुरक्षाका लागि कदम चालेको बताए।
वासिङ्टन डिसी । मेटा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले सामाजिक सञ्जाल किशोर प्रयोगकर्तामा लत लाग्ने बनाएको भन्ने आरोपसम्बन्धी मुद्दामा अदालतमा आफ्नो कम्पनीको बचाउ गरेका छन्। लस एन्जलसमा चलिरहेको यो ऐतिहासिक सुनुवाइमा उनी पहिलो पटक जुरीसमक्ष उपस्थित भएका हुन्।
वादी पक्षका मुख्य वकिल मार्क लेनियरले अदालतमा मेटाका आन्तरिक इमेल, सन्देश र अनुसन्धान प्रस्तुत गर्दै कम्पनीले किशोर प्रयोगकर्ताको प्रयोगबारे जानकार हुँदाहुँदै पनि पर्याप्त कदम नचालेको दाबी गरे। उनले सन् २०१९ को एक इमेल उद्धृत गर्दै कम्पनीको उमेरसम्बन्धी प्रतिबन्ध प्रभावकारी रूपमा लागू नभएको उल्लेख गरे।
जुकरबर्गले ती कागजातको गलत व्याख्या गरिएको दाबी गर्दै, प्रस्तुत अनुसन्धान मेटाभित्र नभई बाह्य कम्पनीले गरेको हुँदा त्यसबाट कम्पनीको आधिकारिक धारणा नझल्किने तर्क गरे।
वादी पक्षले प्रस्तुत गरेको एक अध्ययनमा किशोर प्रयोगकर्ताले इन्स्टाग्राम प्रयोग गर्दा नछोड्न सकिने लतजस्तो अनुभूति हुने उल्लेख थियो। प्रतिवादी पक्षका वकिल पल श्मिटले भने सोही प्रतिवेदनमा प्लेटफर्म प्रयोगका सकारात्मक पक्ष पनि रहेको औँल्याए।
मेटाले सधैं १३ वर्षमुनिका प्रयोगकर्तालाई प्लेटफर्ममा प्रतिबन्ध गरिएको र युवा प्रयोगकर्ताको सुरक्षाका लागि कदम चालिएको दाबी गर्दै आएको छ। तर अदालतमा प्रस्तुत सन् २०१८ को अर्को प्रस्तुतीकरणमा कम्पनीले कम उमेर समूह (ट्विन्स) लाई प्लेटफर्ममा टिकाइराख्न सफल भएको उल्लेख भएको देखिएको छ।
यस मुद्दामा युट्युब पनि प्रतिवादीका रूपमा रहेको छ भने टिकटक र स्न्यापच्याटले सुनुवाइ सुरु हुनुअघि नै गोप्य सहमति गरेका छन्। हजारौं समान मुद्दामा यसको प्रभाव पर्ने भएकाले यो सुनुवाइलाई नजिकबाट हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा बेल्जियम १–० ले पछाडि, सेनेगलको अग्रता कायमै
-
२४ औँ मिनेटमा हबिब डियाराको गोल, बेल्जियमविरुद्ध सेनेगल १–० ले अघि
-
एउटै खेलबाट पेलेका दुई ऐतिहासिक कीर्तिमान तोड्दै ह्यारी केनले रचे इतिहास
-
जुलियन अल्भारेज अनुबन्ध गर्न बार्सिलोनाको दाउ, रोक्नका लागि एथलेटिको म्याड्रिडको कडा अडान
-
अन्तिम १६ का लागि बेल्जियम र सेनेगल भिड्दै, यस्तो छ दुवै टोलीको समूह चरणको यात्रा
-
इतिहास रच्दै विश्वकपबाट बाहिरियो कंगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण