टी–२० विश्वकपमा समूह चरण पार गर्ने तीन अन्डरडग टोली
काठमाडौँ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ मा पुग्ने टोलीहरूको छिनोफानो भइसकेको छ ।
विश्व क्रिकेटमा प्रायः पूर्ण सदस्य राष्ट्रहरूको वर्चस्व रहने गरे पनि केही अवसरमा कमजोर आँकिएका (अन्डरडग) टोलीहरूले सबैलाई चकित पार्दै समूह चरण पार गरेका उदाहरण छन् । टी–२० विश्वकप इतिहासमा त्यस्ता तीन स्मरणीय अवसर रहिसकेका छन्, जसमा अप्रत्याशित प्रदर्शन गर्दै टोलीहरू सुपर आठमा पुगेका थिए ।
१. आयरल्यान्ड (२००९)
आयरल्यान्ड सन् २००९ संस्करणमा समूह चरण पार गर्ने पहिलो एसोसिएट राष्ट्र बनेको थियो । आयरल्यान्डको समूहमा भारत र बंगलादेश रहेका थिए । पहिलो खेलमा आयरल्यान्डले बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । बंगलादेशले ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो, जसमा मशरफे मोर्तजाले सर्वाधिक ३३ रन जोडेका थिए । आयरल्यान्डका ट्रेन्ट जोनस्टनले ३ विकेट २० रनमा लिएर प्रभावशाली बलिङ गरे । जवाफमा आयरल्यान्डले १८.२ ओभरमा लक्ष्य पूरा गर्यो । नियाल ओब्रायनले ४० रनको महत्त्वपूर्ण योगदान दिएका थिए ।
दोस्रो खेलमा भारतसँग पराजित भए पनि बंगलादेश दुवै खेलमा पराजित भएकाले आयरल्यान्ड सुपर–८ मा पुग्न सफल भयो । तर, अर्को चरणमा भने उसले त्यो लय दोहोर्याउन सकेन ।
२. अमेरिका (२०२४)
अमेरिकाले सन् २०२४ मा पहिलो पटक टी–२० विश्वकप खेल्दै सपनाजस्तै यात्रा तय गर्यो । उद्घाटन खेलमा क्यानडाविरुद्ध ७ विकेटको जित निकाल्दै १९४ रनको लक्ष्य १७.४ ओभरमै भेट्टायो । आन्द्रेश गौसले ६५ रन बनाएका थिए भने आरोन जोन्सले अविजित ९४ रन प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए । सबैभन्दा ठुलो सनसनी भने पाकिस्तानविरुद्धको खेलमा देखियो । दुवै टोलीले १५९–१५९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा अमेरिकाले १८ रन बनायो र पाकिस्तानलाई १३ रनमा रोक्दै ऐतिहासिक जित हात पार्यो । सुपर–८ मा भने प्रभाव जमाउन नसके पनि अमेरिकाको यो यात्रा एसोसिएट क्रिकेटका लागि कोशेढुंगा सावित भयो ।
३. जिम्बावे (२०२६)
जारी २०२६ संस्करणमा जिम्वावेले पनि आफ्नो नाम यो सूचीमा थपेको छ । ओमान र अस्ट्रेलियामाथिको जित तथा आयरल्यान्डविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि जिम्बावेले सुपर–८ मा स्थान सुरक्षित गर्यो ।
ओमानलाई ८ विकेटले हराएको जिम्बावेले अस्ट्रेलियालाई समेत स्तब्ध पार्यो । ब्रायन बेनेटको अविजित ६४ रनको मद्दतमा जिम्बावेले १६९ रन बनायो । बलिङतर्फ आशीर्वाद मुजरबानीले ४ विकेट लिँदै अस्ट्रेलियालाई दबाबमा राखे, यद्यपि म्याट रेनेशाले ६५ रन जोडेका थिए ।

बलियो आत्मविश्वासका साथ जिम्बावे अब सुपर–८ चरणमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण