अपराजित रहँदै वेस्ट इन्डिज सुपर ८ मा
सारांश
- वेस्ट इन्डिज टी-२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ, समूह चरणमा अपराजित रहँदै।
- इटालीलाई हराउँदै वेस्ट इन्डिजले १ सय ६६ रनको लक्ष्य दिएको थियो, जसमा इटाली १ सय २३ रनमा समेटियो।
- वेस्ट इन्डिजका कप्तान साई होपले ७५ रन बनाए भने समार जोसेफले ४ विकेट लिए।
कोलकाता । टी-२० विश्वकपको समूह चरणमा अपराजित रहँदै वेस्ट इन्डिस सुपर ८ मा प्रवेश गरेको छ । यसअघि नै ३ खेल जित्दै अर्को चरणमा स्थान पक्का गरेको वेस्ट इन्डिजले समूह चरणको अन्तिम खेलमा इटालीलाई हराएको हो ।
जितका लागि १ सय ६६ रनको लक्ष्य पछ्याएको इटालीले १८ ओभरमा सबे विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्यो । टोलीका लागि बेन मानेटीले सर्वाधिक २६ रनको योगदान दिए । जोन स्मटले २७ बलमा २४ रन बनाए ।
त्यसैगरी, एन्थोनी मोस्काले १९ रन तथा ग्रान्ट स्टेवर्टले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
वेस्ट इन्डिजका लागि समार जोसेफले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए । म्याथ्यु फोर्डेले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १९ रन खर्चेर ३ विकेट लिए । गुडकेश मोतीले २ विकेट लिए भने अकिल होसेनले १ विकेट हात पारे ।
समूह सी अन्तर्गत कोलकातामामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६५ रन बनाएको हो । कप्तान साई होपले ४६ बलमा ७५ रन जोडे । यसक्रममा उनले ६ चौका र ४ छक्का हिर्काए ।
खेलमा टोलीको सुरुवात भने राम्रो हुन सकेन । दोस्रो ओभरमा नै ब्रान्डन किंङ मात्र ४ रन बनाएर आउट भए । सिमरन हेटमायर पनि लामो समय टिक्न सकेनन् । पाँचौँ ओभरमा उनी मात्र १ रन जोडेर पभेलियन फर्किए ।
त्यसपछि होपले रोस्टन चेससँग मिलेर टोलीलाई अघि बढाए । चेसले २५ बलमा २ चौका हिर्काउँदै २४ रन जोडे । त्यसपछि भने वेस्ट इन्डिजले लगातार विकेट गुमायो ।
१५ औँ ओभरमा रोभमान पावेल ९ रन बनाएर आउट भए भने अर्को ओभरमा होप पनि बोल्ड हुँदै पभेलियन फर्किन बाध्य भने ।
जेसन होल्डरले पनि ९ रन मात्र जोड्न सके । अन्तयतिर सेरफाने रदरफोर्डले २४ रन तथा म्याथ्यु फोर्डेले १६ रनको योगदान दिए ।
यता, इटालीका लागि क्रिसन कालुगामागेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । उनलाई बेन मानेटीले २ विकेट लिँदै राम्रो साथ दिए । अलि हसन र थोमस ड्राकाले १-१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026