‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’
काठमाडाैँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानवअधिकार वर्ष पुस्तक, २०२६ सार्वजनिक गरेको छ ।
बिहीवार प्रजातन्त्र दिवसको अवसर पारी इन्सेकले सातै प्रदेशबाट एकैसाथ वर्ष पुस्तक सार्वजनिक गरेको हो । वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष विजयराज गौतमले समग्रमा मानवअधिकार उल्लङ्घन र अन्य हिंसाका घटनामा वृद्धि भएको बताए ।
सन् २०२५ मा पारिवारिक विवादका कारण देशभर १०३ जनाको हत्या गरिएको सार्वजनिक पुस्तकममा उल्लेख छ । त्यस्तै, दाइजको कारण १४४ जनामाथि हिंसा भएको, बाल अधिकार उल्लङ्घन तथा जादतीबाट पीडित भएकाहरुको संख्या १ हजार ३ सय ४९ जना, पेसागत आधारमा पीडित हुनेहरु ११ हजार ५ सय ३८ जना रहेको समेत पुस्तकमा अभिलेखिकरण गरिएको छ ।
अध्यक्ष गौतमकाअनुसार सन् २०२६ को हालसम्म ११ हजार ५ सय ३८ वटा मानव अधिकार उल्लङ्घानका घटनाहरु भएका छन् ।
उनले भने, ‘२०२६ मा हामी ११ हजार ५ सय ३८ मानव अधिकार उल्लङ्घनका घट्नाहरु अभिलेखिकरण गरेका छौँ । यस वर्ष पनि हत्या हिंसाका घटनाहरु भएका छन् । दाइजोका कारण महिलामाथि हुने हिंसाका घटनाहरु पनि बढेका छन् । बालबालिकामाथि हुने हिंसा र यौन हिंसाका घटनाहरु पनि प्रसस्त रुपमा भएका छन् । विगत ३ दशकदेखि लगातार सार्वजनिक हुँदै आएको यो दस्तावेज नेपालमा मानव अधिकारको विश्वसनीय एउटा स्रोतको रुपमा स्थापित छ ।’
इन्सेकद्वारा सार्वजनिक पुस्तमा राज्यपक्षबाटै मानव अधिकार उल्लङ्घन हुने गरेको उल्लेख छ । सन् २०२५ मा गैरकानूनी गिरफ्तारी, हिरासतमा दुव्र्यवहार, थुनामा मृत्यु तथा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइएको अंकुशले राज्यपक्षबाटै मानव अधिकार उल्लङघन भएको इन्सेकको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण