श्रीलंकाविरुद्ध जिम्बावेको शानदार जित, समूहमा रह्यो अपराजित
कोलोम्बो । टी–२० विश्वकपअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा जिम्बावेले आयोजक श्रीलंकालाई ६ विकेटले पराजित गर्दै समूह चरणका खेलहरूको अन्त्य गरेको छ ।
जिम्बावेले १७९ रनको लक्ष्य तीन बल बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो । जिम्बावेको जितमा ओपनर ब्रियन बेनेटले अविजित ६३ रनको योगदान दिए । सिकन्दर रज्जाले २६ बलमा ४५ रन बनाउँदै टोलीको जित सहज बनाए भने टाडिवान्से मरुमानीले २६ बलमा ३४ रन जोडे ।
यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले पाथुम निसन्काको ६२ रनको योगदानमा २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । कुशल परेराले २२ तथा पवन रथनायेकेले ४४ रन जोडेका थिए । डुनिथ वेलालागेले ८ बलमा १५ रन बनाएर आक्रामक पारी खेल्ने प्रयास गरे पनि क्याच आउट भए । आज श्रीलंकाका दुई ब्याटरले भने रनको खाता नै खोल्न सकेनन् ।
जितसँगै जिम्बावे समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । चार खेलमा तीन जित निकालेको जिम्बावे वर्षाका कारण अस्ट्रेलियाविरुद्धको खेल खेल्न नपाए पनि अंकतालिकाको शीर्षमा रहन सफल भयो ।
यता हारसँगै श्रीलंका दोस्रो स्थानमा सीमित भएको छ । वर्षाका कारण प्रभावित खेलका कारण बलियो टोली अस्ट्रेलिया समूह चरणबाटै बाहिरिनुपरेको छ । यसै समूहमा रहेको ओमानले कुनै पनि खेल जित्न सकेन भने एक जित निकालेको आयरल्यान्ड पनि समूह चरणबाटै बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण