पुरानाको नालायकीपनले मुलुक सङ्कटमा, नयाँ दलबाट पनि निकास निस्किँदैन : घनश्याम भुसाल
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले शीर्ष पार्टीका नेतृत्वहरूको नालायकीका कारण मुलुकमा सङ्कट देखा परेको बताएका छन् ।
उनले नवयुवाहरूको प्रदर्शन मूल पार्टीका नेतृत्वहरूको नालायकीका कारण उत्पन्न भएको समेत बताए । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का उम्मेदवारहरूको प्रचारका लागि रुपन्देही आएका कार्यवाहक अध्यक्ष भुसालले बिहीबार बुटवलमा बोल्दै अब इतिहासको समीक्षा गर्दै नयाँ मोडमा पुग्नुपर्ने बताए ।
उनले पुरानाहरूको नालायकीपनले नयाँ दलको उदय भएपनि त्यसबाट पनि निकास निस्कन नसक्ने बताए ।
मुलुक राजनीतिक रूपमा निकै ठुलो मोडमा रहेको बताउँदै आफूहरू जनता ब्युझाउन चुनावी मैदानमा उत्रेको बताए । उनले आफू कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा रहेको बताउँदै त्यस्तो अवस्था नभएपछि मुलुक र जनतालाई केन्द्रमा राखेर नेकपा संयुक्त जन्मेको बताए।
उनले आफ्ना उम्मेदवारहरूलाई जनता ब्युझाउने गरी चुनावमा होमिन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण