चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो
चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना सकिएको छ । गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सकिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार तेस्रो ब्लकको काम सकिएर क्यामेरा सङ्कलनको काम आज सकिएको छ । उनले भने, “तीनवटै ब्लकमा १३ टोलीले काम गरेको हो ।” उनका अनुसार पहिलो ब्लक त्रिवेणी, अमलटारी, कसरा, हुँदै बरण्डाभार क्षेत्रलाई पहिलो भाग बनाएर गणना गरिएको थियो । पहिलो ब्लकलाई २८६ वटा ग्रिड बनाएर गणना गरिएको थियो ।
क्यामेरा उठाएपछि दोस्रो भागमा जडान गरी गणना सुरु गरिएको थियो । दोस्रो भागमा १३ क्याम्प बनाएर गणना गरिएको सूचना अधिकारी थापामगरले बताउनुभयो । यस भागअन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर प्रतापपुर, बोटे सिमारा, स्वमेश्वर, बगइ, अम्बुवा, सिकारी बाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो । सो ब्लकलाई ३३६ ग्रिडमा विभाजन गरेर बाघ गणना गरिएको हो ।
पर्सा राष्ट्रिय निकुञ्जलाई तेस्रो ब्लक वनाएर गणना गरिएको थियो । सो ब्लकमा ३३६ ग्रिड निर्माण गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिए। उनका अनुसार एउटा ग्रिडमा एक जोडी स्वचालित क्यामेरा राखेर गणना गरिएको हो । एउटा ब्लकमा १७ रात क्यामेरा राखेर काम गरिएको हो । चितवन–पर्सा ब्लकमा ९५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको हो । दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिएको हो ।
“अहिले क्यामेरा उठाएर ल्याउने क्रम जारी छ”, सूचना अधिकारी थापामगरले भने। हरेक चार वर्षमा बाघ गणना गरिँदै आएको छ । निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंमसेवी, विद्यार्थी र संरक्षणका साझेदार गणनामा सहभागी भएका थिए ।
गणकहरूले भूगोलअनुसार आठदेखि बाह्रसम्मको ग्रिडमा राखिएका क्यामेरा दैनिक अनुगमन गर्ने गरेका थिए । बाघको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइन्छ । यसअघि सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ बयस्क बाघ रहेका तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण