इरानमा रहेका पोल्यान्डका सबै नागरिकले तत्काल देश छाड्नुपर्छ: प्रधानमन्त्री
बिहीबार, ०७ फागुन २०८२, २३ : २८
सारांश
- अमेरिकी संकेतपछि पोल्याण्डका प्रधानमन्त्रीले इरान छाड्न नागरिकलाई आग्रह गरे।
- उनका अनुसार इरानमा द्वन्द्वको सम्भावना छ, त्यसैले तत्काल देश छाड्नुपर्छ।
- यसअघि पनि पोल्याण्ड सरकारले आफ्ना नागरिकलाई इरान छाड्न भनेको थियो।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्लामिक गणतन्त्रविरुद्ध सैन्य कारबाहीको सङ्केत गरेपछि पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आफ्ना सबै नागरिकहरूलाई इरान छोड्न बिहीबार आह्वान गरेका छन् ।
उनले एक पत्रकार सम्मेलनमा भने, “इरानमा रहेका पोल्यान्डका सबै नागरिकले तुरुन्त देश छोड्नु पर्छ र कुनै पनि हालतमा कसैले पनि इरानको यात्रा गर्ने योजना बनाउनु हुँदैन । उनले थपे, “तातो द्वन्द्वको सम्भावना धेरै छ । केही घण्टा वा केही दिन हुन सक्ला, इरानबाट बाहिरिने एक मात्र विकल्प हुनेछ ।”
हालैका महिनाहरूमा पोल्यान्ड सरकारले आफ्ना नागरिकहरूलाई देश छोड्न आह्वान गरेको यो दोस्रो पटक हो । अमेरिकाले इरान नजिकै युद्ध पोत, लडाकु विमान र इन्धन भर्ने विमानसहित सैन्य बल निर्माण गरिरहेको छ र ट्रम्पले आदेश दिएमा कुनै पनि समय युद्ध हुन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण