बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यशको ‘टक्सिक’ टिजरले मच्चायो तहल्का

शुक्रबार, ०८ फागुन २०८२, १३ : ३०
शुक्रबार, ०८ फागुन २०८२

सारांश

  • कन्नड सुपरस्टार यशको चलचित्र 'टक्सिक' को टिजर सार्वजनिक भएको छ, जसले इन्टरनेटमा चर्चा बटुलेको छ।
  • टिजरमा यशलाई 'राया' को भूमिकामा आक्रामक र विद्रोही अवतारमा देखाइएको छ, जसमा एक्सन दृश्यहरू छन्।
  • 'टक्सिक' मा टोभिनो थोमस खलनायकको भूमिकामा छन्, र यो फिल्म मार्च १९ मा रिलिज हुँदैछ।

मुम्बई । कन्नड सुपरस्टार यशको बहुप्रतिक्षित चलचित्र ‘टक्सिक’ को टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको यस टिजरले इन्टरनेटमा सनसनी मच्चाएको छ भने यशका प्रशंसकहरूले यसलाई ‘ब्लकबस्टर’ को सङ्केत भन्दै स्वागत गरेका छन्। 

टिजरमा यशलाई ‘राया’ को भूमिकामा देखाइएको छ, जो निकै आक्रामक र विद्रोही स्वभावको देखिन्छन्। टिजरको सुरुवात अँध्यारो र रहस्यमयी दृश्यहरूबाट हुन्छ, जहाँ रायालाई शत्रुहरू खतरनाक भएको चेतावनी दिइन्छ। 

तर, रायाले पछि हट्न अस्वीकार गर्दै ‘मैले खेल सकियो भनेपछि मात्र सकिन्छ’ भन्ने संवाद मार्फत आफ्नो शक्ति प्रदर्शन गरेका छन्। टिजरमा क्रूर र हिंसात्मक एक्सन दृश्यहरू समावेश छन्, जसले चलचित्रको नाम जस्तै यसको कथावस्तु पनि निकै ‘टक्सिक’ र कठोर हुने सङ्केत गर्छ।

यस चलचित्रमा मलयालम स्टार टोभिनो थोमस मुख्य खलनायकको भूमिकामा देखिएका छन्। टिजरको अन्त्यतिर उनले यशलाई चुनौती दिँदै ‘आइ एम होम, ड्याडी!’ भनिरहेको देखिन्छ। 

गीतू मोहनदासले निर्देशन गरेको यस चलचित्रमा नयनतारा, हुमा कुरैसी, कियारा आडवाणी, तारा सुतारिया र रुक्मिणी वसन्त जस्ता हस्तीहरूको अभिनय रहेको छ। चलचित्र कन्नड र अङ्ग्रेजीमा खिचिएको भए पनि हिन्दी, तेलुगु, तमिल र मलयालम भाषामा समेत प्रदर्शन हुनेछ।

'टक्सिक' आगामी मार्च १९ मा विश्वभर प्रदर्शनमा आउँदैछ। रोचक कुरा त के छ भने, सोही दिन अर्को ठुलो चलचित्र ‘धुरन्धर’ पनि प्रदर्शन हुने तयारीमा छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप