उषा र पलद्वारा इलामको ‘फ्रेन्ड्स सिनेमाज’ उद्घाटन
सारांश
- इलाममा फ्रेन्ड्स सिनेमाको नयाँ शाखा खुलेको छ, जसको उद्घाटन पल शाह र उषा उप्रेतीले गरे।
- ३ करोड ५० लाख रुपैयाँको लगानीमा बनेको हलमा १८८ सिट क्षमता रहेको छ, जसमा विश्वस्तरीय प्रविधि जडान गरिएको छ।
- सञ्चालकका अनुसार, अब इलामका दर्शकले गुणस्तरीय सिनेमा हेर्न झापा जानुपर्ने बाध्यता हट्नेछ।
इलाम । पर्यटकीय नगरी इलाममा नयाँ फिल्म हल खुलेको छ । धरान र बुटवलपछि ‘फ्रेन्ड्स सिनेमा’ले इलाममा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको हो ।
इलाम नगरपालिका–७ स्थित उक्त हल अभिनेता पल शाह, अभिनेत्री उषा उप्रेतीले शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरे । करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको हलमा १८८ सिट क्षमता रहेको छ ।
नगरपालिकाको बहुतले पार्किङ भवनमा सञ्चालनमा आएको यस सिनेमा हलमा विश्वस्तरीय प्रविधि प्रयोग गरिएको छ । फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीका अनुसार हलमा ‘टुके प्रोजेक्सन’ र ‘डल्बी डिजिटल साउन्ड सिस्टम’ जडान गरिएको छ, जसले गर्दा दर्शकले काठमाडौंका महँगा मल्टिप्लेक्सहरूमा पाइने जस्तै गुणस्तरीय ध्वनि र चित्रको अनुभव लिन पाउनेछन् ।
हलको सञ्चालकहरू प्रदीपलाई पुष्कर घिमिरे र आशिष तामाङले साथ दिएका छन् । अब इलामका फिल्म प्रेमीहरूले गुणस्तरीय सिनेमा हेर्नकै लागि झापा झर्नुपर्ने बाध्यता अन्त्य भएको सञ्चालक धामीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण